१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व आर्थिक मञ्चमा नेपालकाे सहभागिता, नेपाली प्रतिस्पर्धात्मक अवस्था कमजाेर



अ+ अ-

भरत पाेखरेल

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को दुईवटा परिघटनाहरू महत्वपूर्ण मानिन्छन् । पहिलो वार्षिक भेला हरेक वर्षको जनवरीमा र दोस्रो विश्व प्रतिस्पर्धा प्रतिवेदन सेप्टेम्बर महिनामा सार्वजनिक गरिन्छ । यो वर्ष जनवरी २२–२५ मा सधैं जसो हुने गरेको स्वीट्जरल्याण्डको डाभोस सहरमा वार्षिक बैठक सम्पन्न भयो । विश्वका १५०० निजी जेट विमानहरूले स्वीट्जरल्याण्ड उडान भरे । हजार भन्दा बढी धनीमानीहरूले विजनेस क्लासमा डाभोस यात्रा गरे । यसपाला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा प्रतिनिधि मण्डल डाभोस पुगेर आजै नेपाल फर्कियो । प्रधानमन्त्रीले डाभोसको चारदिने कार्यक्रमको दैनिकी नै मिडियालाई उपलब्ध गराएका छन् ।

विश्व आर्थिक मञ्चका लागि नेपालले विश्व प्रतिस्पर्धा प्रतिवेदनमा सर्भे गर्न थालेको सन २००६ देखि हो । त्रिभुवन विश्वविद्यालयको जेठो अनुसन्धान केन्द्र आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) विश्व आर्थिक मञ्चको अनुसन्धानमा सहयोगी संस्था हो । सन २००६ देखि सन २०१५ सम्म दसवर्ष सेडाले विश्व आर्थिक मञ्चका लागि नेपालमा सर्भे गर्यो । सन २०१६ देखि सेडाकै अवकाश प्राप्त व्यक्तिहरूले स्थापना गरेको संस्था कम्पिटिटिभनेस एण्ड डेभलपमेन्ट (कोड) इन्सिटिच्युटले यो काम गरिरहेको छ । विश्व आर्थिक मञ्चले प्राय प्रत्येक देशका संगठित रूपमा काम गर्ने १०० जना उद्योगपति, व्यापारी, पर्यटक व्यवसायी, सेवा प्रदायी, निर्माण व्यवसायी आदिबाट १२ खम्बे नीतिमा तयार गरिएको प्रश्नावलीको उत्तर लिने गरेको छ । विश्वका सबै देशमा प्रश्नावली भर्ने काम मात्र हुन्छ त्यसको प्रशोधन र विश्लेषण विश्व आर्थिक मञ्चको मुख्य कार्यालय स्वीट्जरल्याण्डको जेनेभामा गरिन्छ । प्रतिवेदनको सम्पादक विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्वाब स्वयं हुन भने उनलाई सल्लाहकारको रूपमा सघाउने कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री प्राध्यापक सालेइ मार्टिन सहित ठूलो विशेषज्ञहरूको टोली नै छ ।

विगत दस वर्षमा विश्व प्रतिस्पर्धा सर्भेमा १३३ देखि १४८ देशहरूको सहभागिता रहेको देखिन्छ । सहभागी देशहरूमा नेपालको स्थान सन्तोषजनक रहेको छैन । सन २०१७ मा १३७ देशहरूमा नेपालको स्थान ८८ औं थियो भने फेब्रुअरी १५,२०१८ मा दुई तिहाईको स्थिर सरकार बनेपछि १४० देशहरूमा नेपालको स्थान खस्केर १०९ मा पुगेको छ । स्थिर सरकारको अस्थिर अर्थतन्त्र अनुसन्धानले देखाएको छ । विश्व आर्थिक मञ्चको दस वर्षको अनुसंन्धानले नेपालको अवस्था तलको तालिकाले प्रष्ट पार्दछ । सर्भेमा भाग लिने प्राय धनीवर्ग नै हुन्छन् जसलाई सरकारले लूटका लागि सबै छुट दिएको छ तर उनीहरूलाई त्यसले पनि पुगेको छैन । अब सरकारले आफ्ना नीति तथा कार्यक्रम कुन वर्गको हितका लागि ल्याउने सोच्नु पर्छ कि ? (भरत पाेखरेलकाे फेसबुक पेजबाट)