२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको कुटाईबाट बाग्लुङ गलकोट– ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्। उनको आन्द्रामा ५२ टाँका लगाउनु परेको छ भने पिसाव थैलीसमेत फुटेको छ।
गलकोटका प्रहरी हबल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गर्दा उनको प्यांक्रियाज (फियो) बिग्रिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ। स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्किने क्रममा २९ पुसको राती ९ बजे बस्नेतमाथि निर्घात कुटपिट भएकोहो।
बस्नेतमाथि कुटपिट गर्ने थापा र विष्टलाई निलम्बन गरिएको बागलुङका एसपी दीपक रेग्मीले जानकारी दिए। बस्नेतको पोखरामा उपचार भइरहेको छ।