२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थायी साधनको प्रयोग बढ्दो



अ+ अ-

जाजरकोट । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको हो ।

सञ्चार माध्यमको पहुँच गाउँगाउँमा बढ्नु र सङ्घसंस्थाले निरन्तर जनसङ्ख्या नियन्त्रण गर्न विभिन्न सुरक्षित उपाय खुलेर सिकाउन थालेपछि अहिले अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको स्थानीय तहका स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।

बारेकोट गाउँपालिका स्वास्थ्य स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहका अनुसार पहिले–पहिले पुरुष मात्र अस्थायी साधन माग्न स्वास्थ्य संस्था आउने गर्थे, अहिले महिला पनि खुलेर अस्थायी साधन मागेर लिने गरेका छन् । जिल्लाका अधिकांश महिला स्वयंसेविकामार्फत वितरण हुँदै आएको अस्थायी साधन कसैले नलिँदा पहिले दराजमा थन्किने गरेकामा अहिले एकैक्षणमा वितरण हुने गर्दछ ।

विभिन्न यौनजन्य रोगबाट बच्नदेखि सन्तानका रहर पुगेका महिला तथा पुरुषले बढी प्रयोग गर्ने गरेको नलगाड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पहिलेको भन्दा अहिले ह्वात्तै माग बढेको स्वास्थ्यकर्मी बताउँछन् । निजी मेडिकलमा समेत अस्थायी साधनको बिक्री दर बढेको बारेकोट सिलिङगीका रामबहादुर शाहीले बताए ।

जिल्लाका विभिन्न ठाउँमा हुने स्वास्थ्य शिविरमा कपटी, नरप्लान्ट र परिवार नियोजन गर्ने महिला तथा पुरुषको सङ्ख्या बढी नै आउने गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । धेरै सन्तान जन्माउँदा पढाउन र दैनिक आवश्यकता पूरा गर्न समस्या परेको भन्दै ग्रामीण क्षेत्रमा स्थानीयवासी कम सन्तान जन्माएर राम्रो शिक्षा, स्वास्थ्य र खाना दिन सके राम्रो हुने तर्क गर्न थालेका छन् ।

अहिले विद्यालयमा समेत प्रजनन् स्वास्थ्यका विषयमा शिक्षक तथा अभिभावकबीच छलफल हुने गरेको पञ्च भयार माध्यमिक विद्यालयका नलगाड–८ शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । खत्रीले भने, “धुलिखेलमा स्वास्थ्य शिक्षा कसरी पढाउने भन्ने विषयमा तालीम लिएपछि मलाई थप ऊर्जा पैदा भएको छ र सबै शिक्षक तथा विद्यार्थीलाई खुलेर छलफल गराउने जागरण पैदा भएको छ ।”

जिल्लाभरि स्वास्थ्य पढाउने शिक्षकलाई धुलिखेलमा स्वास्थ्य विषय कसरी शिक्षण गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । एउटा शिक्षकको काम विद्यालयमा मात्र पढाउनु मात्र, नभई समाज सुधारको नाइके भएर अगाडि बढ्नु पनि हो भन्ने मान्यता आत्मसात् गर्न खत्रीको सुझाव छ ।