२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक र इमोमार्फत चिनजान, साथीको घरमा लगेर बलात्कार !



अ+ अ-

राजविराज । मन्दिर घुम्न लाने बाहना बनाउदै एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो.सनाबुल रहेको प्रहरीले जनाएको हो ।

सनाबुलले स्थानिय बिद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी सोमबार परेपछि पक्राउ परेका हुन् ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकास्थित प्रसिद्ध शनि मन्दिर घुम्न भन्दै गत शनिबार मोटरसाइकलमा लगेका सनाबुलले साथी विशाल पासवानको घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले मोबाइल खोसी आफुसँग हिँडन बाध्य पारेको किशोरीले बताइन् ।

गाडीमा यात्रा गर्दा चिनजान भएका सनाबुल मोबाइल, फेसबुक र इमोमार्फत कुरा गरेर किशोरीसँग ५ महिनादेखि नजिकिएका थिए ।

पीडित चिच्याएको सुनेर घटना थाहा पाएका छिमेकीहरुले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सनबुल माथि आवश्य छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।