१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक र इमोमार्फत चिनजान, साथीको घरमा लगेर बलात्कार !



अ+ अ-

राजविराज । मन्दिर घुम्न लाने बाहना बनाउदै एक किशोरीमाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो.सनाबुल रहेको प्रहरीले जनाएको हो ।

सनाबुलले स्थानिय बिद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी सोमबार परेपछि पक्राउ परेका हुन् ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकास्थित प्रसिद्ध शनि मन्दिर घुम्न भन्दै गत शनिबार मोटरसाइकलमा लगेका सनाबुलले साथी विशाल पासवानको घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले मोबाइल खोसी आफुसँग हिँडन बाध्य पारेको किशोरीले बताइन् ।

गाडीमा यात्रा गर्दा चिनजान भएका सनाबुल मोबाइल, फेसबुक र इमोमार्फत कुरा गरेर किशोरीसँग ५ महिनादेखि नजिकिएका थिए ।

पीडित चिच्याएको सुनेर घटना थाहा पाएका छिमेकीहरुले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सनबुल माथि आवश्य छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।