१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा महाधिवेशनः लिङदेनलाई लोहनीको समर्थन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । 

मंगलबार एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् ।

राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । थापाले सोमबार र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।

काठमाडौंमा मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन हुँदैछ ।