११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुँदै नभएको गाडीका लागि तीन करोड



अ+ अ-

काठमाडौं । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह लिएर ठगी भएको खुलासा भएको छ। यो प्रकरणमा झण्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।
सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ अघि बढाएको हो। सरकारी वकिल कार्यालयमा अनुसन्त्रान प्रतिवेदन बुझाएको छ। थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ।
गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ढुंगाना पोर्चुगल पुगेको प्रहरीले बतायो। श्रेष्ठले आफन्तलाई पनि फसाएका छन्।
प्रहरीले उनीसहित ऋणीहरू चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नविन श्रेष्ठलाई पक्राउ गरेको हो। बालकृष्ण काभ्रेको भुम्लु गाउँपालिकाका वडासदस्य हुन्। त्यस्तै बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठ र धितो मूल्यांकनकर्ता नरेशमान अमात्यसमेत पक्राउ परेका छन्।