१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदार भाग्नुको खास कारण यस्तो

मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदार भाग्नुको खास कारण यस्तो
अ अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।

संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो।

बैठकमा ठेकेदार भाग्नुको कारण, ६० दिनभित्र पानी आउने सचिवले बोलेको भनाइ आधारदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।

सांसद गणेश पहाडीले ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइएको हो भन्दै प्रश्न गर्नुभयो। ‘ठेकेदार भाग्नुपर्ने परिस्थिति कसरी आयो रु यसको स्पष्ट कारण अझै आएको छैन’ –उहाँले भन्नुभयो।

त्यस्तै यसअघिको बैठकमा ६० दिनमा पानी ल्याउने भन्ने के आधारमा बोल्नुभएको होरु हचुवाको भरमा नबोल्न खानेपानी सचिवलाई आग्रह गर्नुभयो। उहाँले आयोजना सञ्चालन गर्नुअघि पूर्वतयारी गर्ने प्रचलन नभएकै कारण मेलम्चीको यस्तो हविगत भएको जिकिर गर्नुभयो। अबको काम लागत नबढ्ने गरी समयमै काम सम्पन्न गर्न तत्काल काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो।

सांसद कमला रोक्काले कर्मचारीले मन्त्रीलाई आयोजनाका बारेमा गर्ने गरेको ब्रिफिङको बारेमा जिज्ञासा राख्नुभयो। ‘मन्त्रीलाई ब्रिफिङ कसरी हुन्छ, त्यो जान्न मन छ। मन्त्रीले कबोल गरेको समयमा पानी आउँदैन। पछि पानी नआएपछि माफी माग्नुपर्छ। यो किन कसरी भइरहेको छ ?’ –उहाँले भन्नुभयो।

उहाँले एक व्यक्तिका कारण आयोजनाको पुरै काम ठप्प हुने गरी ठेकेदार भाग्न बाध्य हुनुपरेको भन्ने विषय कत्तिको सत्य हो भन्दै मन्त्रालय र आयोजनाको जवाफ माग्नुभयो। उहाँले दूरदर्शी नहुँदा मेलम्चीको अवस्था यस्तो हविगत भएको भन्दै सचेत हुनुपर्ने बताउनुभयो।

बैठकमा बोल्दै अर्का सांसद केदार सिग्देलले ठेकेदार कम्पनी भाग्नुमा कसैको हात रहेको आशंका रहेको भन्दै राष्ट्रलाई घाटामा पु¥याएर ठगिरहेका स्वदेशी, विदेशी जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै फास्ट ट्र्याकमा काम सम्पन्न गर्ने भए स्वदेशी प्रतिष्ठित ठेकेदारलाई बाँकी काम सम्पन्न गर्न दिनुपर्ने भन्दै उहाँले विचार राख्नुभयो।

बहादुर सिंह लामाले त्यत्रा विदेशी आएर काम गर्न नसक्नुको कारण खोज्नुपर्ने उल्लेख गर्नुभयो। यहाँ केही न केही नभएको भए यसरी विदेशी काम गर्न नसकेर भाग्छ रु भन्दै उहाँले भन्नुभयो– ‘यसको जिम्मेवारी आयोजना र खानेपानी मन्त्रालयले लिनुपर्छ।’

सांसद दामोदार भण्डारीले आयोजनाको काम अन्तिम चरणमा आएर रोक्किनुमा हात्ती छिर्यो पुच्छर अड्केको जस्तो भएको भन्दै समस्यालाई तुरुन्त समाधान गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो।

बैठकमा बोल्दै अर्का सांसद जिपछिरिङ लामाले जनताले आशा जगाउने गरी काम गर्नुपर्नेमा लुकामारी खेलेको जस्तो भइरहेको बताउनुभयो। त्यस्तै समितिकी सभापति कल्याणी खड्काले आयोजना यस्तो अवस्थामा जिम्मेवार ढंगले लाग्नुपर्नेमा गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो।

खानेपानी सचिव गजेन्द्र ठाकुरले देशलाई घाटा पुर्याउनेखाले कुनै काम कर्मचारीबाट नभएको भन्दै ठेकेदार आफ्नै आर्थिक संकटमा परेका कारण काम छोडेको स्पष्ट पार्नुभयो।

‘हामी बाँकी काम कसरी गर्ने भन्ने विषयमा ऋणदाता एसियाली विकास बैंकसँग परामर्शमा छौं’, उहाँले भन्नुभयो– ‘हामी चाँडै निचोडमा पुग्छौं।’
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेडवक्र्स निर्माण र सुरुङको बाँकी काम सम्पन्न गर्न ९ महिना लाग्ने बताउनुभयो।

यी बाँकी रहेको काम सम्पन्न गर्न विशेष परिस्थितिमा जाँदा ३ देखि ४ महिना लाग्ने र नियमित प्रक्रियाबाट जाँदा २ देखि ३ वर्ष लाग्न सक्ने बताउनुभयो। समाचार नेपाल समाचापत्रमा छ ।