११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाहुना हाँस आएनन्, माछा जोगिए



अ+ अ-

हेटौंडा । साइबेरियन हाँस बथानै आउँथे। पोखरीभित्र १० मिनेटसम्म बसेर माछा मार्थे। हेरालुले ढ्याङ्ग्रो ठोके रकराउँदा पनि पोखरीमा एकैचोटि डुबुल्की मारेर सिकार गर्थे। एक दशकदेखि पल्किएका हाँसका कारण माछा जोगाउनै कठिन भएपछि हेटौंडा उपहानगरपालिका–५ पिप्लेस्थित मत्स्य विकास केन्द्रका कर्मचारी हैरान थिए ।

यो वर्ष जाडामा भने ती हाँस आएनन्। अब चाहिँ माछा जोगिने भए भनेर केन्द्रका कर्मचारी ढुक्क छन्। कात्तिक मध्यतिर १०–१५ वटा साइबेरियन हाँस देखा परे। त्यसपछि हराए । माछा जोगाउन उनीहरूलाई धपाउने टन्टा भएन ।
‘अहिले त एउटा पनि छैन,’ केन्द्र प्रमुख सानोकाजी पछाईले भने, ‘यो समयमा २ सयभन्दा बढी साइबेरियन पानीहाँस पोखरी वरपरका रूख ढाकेर बस्थे। जाडो सुरु हुनेबित्तिकै तिनीहरूले पोखरीका माछा ठूलो परिमाणमा खाइदिन्थे।’ पाहुना हाँसले बर्सेनि ४ टनभन्दा बढी माछा खाएर क्षति पुर्याएको केन्द्रको भनाइ छ ।, कान्तिपुरमा खबर छ ।