२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्न नपाउने



अ+ अ-

ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) महँगा स्टार फरवार्ड नेयमार जुनियरले म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तरगतको दुवै लेग गुमाउने भएको छ ।

नेयमारले प्रिक्वार्टरफाइनल अन्तरगतको दुवै लेग गुमााउने क्लबले जनाएको छ । फ्रेन्च कप अन्तरगतको स्टार्सवर्गसँग गत मंगलबार भएको खेल दौरान २६ वर्षीय नेयमारले दायाँ खुट्टामा चोट बोकेका थिए । उनको गतवर्षकै चोट बल्झिएको हो । गतवर्ष पनि यही चोटका कारण नेयमार तीन महिना मैदान बाहिर रहेका थिए ।

क्लबले च्याम्पियन्स लेगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएको हो । उनी मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछ । पीएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा तथा दोस्रो लेग ६ मार्चमा हुदै छ ।
पीएसजीका प्रशिक्षक थोमस टचेलले नेयमार छिट्टै फर्कनेमा धेरै गाह्रो रहेको बताएका थिए । एजेन्सी