१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारले म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्न नपाउने



अ+ अ-

ब्राजिली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) महँगा स्टार फरवार्ड नेयमार जुनियरले म्यानचेस्टर युनाइटेडविरुद्धको च्याम्पियन्स लिग अन्तरगतको दुवै लेग गुमाउने भएको छ ।

नेयमारले प्रिक्वार्टरफाइनल अन्तरगतको दुवै लेग गुमााउने क्लबले जनाएको छ । फ्रेन्च कप अन्तरगतको स्टार्सवर्गसँग गत मंगलबार भएको खेल दौरान २६ वर्षीय नेयमारले दायाँ खुट्टामा चोट बोकेका थिए । उनको गतवर्षकै चोट बल्झिएको हो । गतवर्ष पनि यही चोटका कारण नेयमार तीन महिना मैदान बाहिर रहेका थिए ।

क्लबले च्याम्पियन्स लेगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएको हो । उनी मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछ । पीएसजी र युनाइटेडबीचको पहिलो लेग फेब्रुअरी १२ मा तथा दोस्रो लेग ६ मार्चमा हुदै छ ।
पीएसजीका प्रशिक्षक थोमस टचेलले नेयमार छिट्टै फर्कनेमा धेरै गाह्रो रहेको बताएका थिए । एजेन्सी