११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमका १४ जहाज, १० ग्राउन्डेड



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे। निगमसँग आन्तरिक उडानका लागि साना/मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन्। २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटामात्रै गर्‍यो।
निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको खबर कान्तिपुर दैनिकमा छ।

अर्को चिनियाँ विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन। अरु ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए।
निगमको अन्तरिक उडान सञ्चालन विभागद्वारा मंगलबारका लागि जारी गरिउको उडान तालिकामा दुर्गमका लागि उड्ने तीनवटा टिवनटर, सुगम रुटमा उडान गर्ने दुईवटा एमए–६० र दुईवटावाई –१२ ई ग्राउण्डेड भएको उल्लेख छ। निगमले नेपालगञ्ज र विराटनगरमा पनि जहाज राखेर दुर्गम जिल्लामा उडान गर्छ।
तर, मंगलबार ती दुई क्षेत्रीय हव विमानस्थलमा निगमका कुनै जहाज थिएनन्र निगमले काठमाडौंबाट ६ वटा मुलुकका आठ सहरमा ५ वटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्छ।