११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेलाई आयो खुसीको खबर !



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारी क्षेत्रलाई उत्पादनमूलक बनाउन सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सञ्चय कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने तयारी भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले ती श्रमिकका लागि सञ्चयकोषको व्यवस्था गर्न लागिएको जानकारी दिए। ‘अहिले विदेशमा कमाएको सबै पैसा उपभोग्य वस्तुमै सकिने गरेको छ’, उनले भने, ‘उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले ती कामदारलाई सञ्चयकोषको सुविधामार्फत पैसा परिचालन गर्न खोजेका हौं।’
मन्त्री विष्टले उक्त व्यवस्था सुरु गर्न छिट्टै कानुनी तथा नीतिगत व्यवस्था गरिने जानकारी दिए। अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।