११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जिउँदो सहिद’ मुकेश, १३ वर्षदेखि ओछ्यानमा



अ+ अ-

काभ्रे । दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।

काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ ।

सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ। मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ । नयाँ पत्रिकाबाट ।