२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई ज्ञापनपत्र : भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसियो



अ+ अ-

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै बुधबार पुष्पलाल अध्ययन समाजले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।

समाजले हाल नेपाल भित्र बसोबास गरिरहेका नेपालीसँग कति नक्कली नागरिकता छ भन्ने कुराको छानबिन नगरिकन नागरिकता विधेयक अगाडि नबढाउन माग गरेको हो ।

समाजका अध्यक्ष लोककृष्ण भट्टराईले नागरिकता छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने र हालको नागरिकता विधेयक फिर्ता लिनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको बताए ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कील भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसिएको भन्दै विदेशी बहुमतमा पर्ने नेपाली अल्पमतमा पर्ने स्थिति आउने दावी गरे ।

ज्ञापनपत्र बुझ्दै सभामुख महराले विधेयक फिर्ता लिने विषय आफ्नो नभई सरकारको कार्यक्षेत्रमा पर्ने बताए । आफुले चाहेर मात्रै बिधेयक पास र फिर्ता नहुने भएकाले सरकार सामु आवाज उठाउने बताएका छन् ।