३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई ज्ञापनपत्र : भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसियो



अ+ अ-

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै बुधबार पुष्पलाल अध्ययन समाजले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।

समाजले हाल नेपाल भित्र बसोबास गरिरहेका नेपालीसँग कति नक्कली नागरिकता छ भन्ने कुराको छानबिन नगरिकन नागरिकता विधेयक अगाडि नबढाउन माग गरेको हो ।

समाजका अध्यक्ष लोककृष्ण भट्टराईले नागरिकता छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने र हालको नागरिकता विधेयक फिर्ता लिनुपर्ने भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको बताए ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कील भारतीयलाई नागरिकता दिँदा रैथाने मधेशीको भाग खोसिएको भन्दै विदेशी बहुमतमा पर्ने नेपाली अल्पमतमा पर्ने स्थिति आउने दावी गरे ।

ज्ञापनपत्र बुझ्दै सभामुख महराले विधेयक फिर्ता लिने विषय आफ्नो नभई सरकारको कार्यक्षेत्रमा पर्ने बताए । आफुले चाहेर मात्रै बिधेयक पास र फिर्ता नहुने भएकाले सरकार सामु आवाज उठाउने बताएका छन् ।