१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य बिल्ला खारेजीको माग



अ+ अ-

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजीको माग गरेको छ ।

आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेनाका इञ्चार्ज तेजबहादुर बुढाथोकीले स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह समयसापेक्षित एकमुष्ट आर्थिक प्याकेज तथा आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यस्थापन हुने गरी कुनै पनि क्षेत्रमा लगानीको वातारण बनाउनुपर्ने माग गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यद्वारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणका वार्तामा भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष असिम लिम्बूले स्वाभिमान, पहिचान, न्याय र हकअधिकार सुनिश्चित गर्न र राष्ट्र राष्ट्रियताका साथै जनजीविकाको सवाल स्थापित गर्न, सङ्र्घष जारी राख्ने बताउनुभयो । महासचिव राजन थापाले बहिर्गमित सेनाले शान्ति प्रक्रिया ल्याउन ठूलो भूमिका खेलेको बताउनुभयो ।