१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोग्य बिल्ला खारेजीको माग



अ+ अ-

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजीको माग गरेको छ ।

आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेनाका इञ्चार्ज तेजबहादुर बुढाथोकीले स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह समयसापेक्षित एकमुष्ट आर्थिक प्याकेज तथा आर्थिक प्याकेज बराबर राज्यले नीति तथा कार्यक्रम ल्याई दीर्घकालीन व्यस्थापन हुने गरी कुनै पनि क्षेत्रमा लगानीको वातारण बनाउनुपर्ने माग गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलनका क्रममा राज्यद्वारा विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणका वार्तामा भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष असिम लिम्बूले स्वाभिमान, पहिचान, न्याय र हकअधिकार सुनिश्चित गर्न र राष्ट्र राष्ट्रियताका साथै जनजीविकाको सवाल स्थापित गर्न, सङ्र्घष जारी राख्ने बताउनुभयो । महासचिव राजन थापाले बहिर्गमित सेनाले शान्ति प्रक्रिया ल्याउन ठूलो भूमिका खेलेको बताउनुभयो ।