२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राजिनामा, राष्टपतिले गरिन स्वीकृत



अ+ अ-

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दाल्लाहले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति अब्बासले प्रधानमन्त्री हम्दाल्लाहको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाले अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उनले राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्ने पनि बताइएको छ ।

प्रधानमन्त्रीको राजीनामासँगै प्यालेस्टाइन क्षेत्रमा संसदीय निर्वाचनका लागि नयाँ सरकार गठन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

प्यालेस्टाइनमा सन् २००६ को जनवरीमा पछिल्लो संसदीय निर्वाचन भएको थियो । त्यतिबेलाको निर्वाचनमा इस्लामिक समूह हमासले अत्यधिक बहुमत ल्याएको थियो ।

प्रधानमन्त्री हम्दाल्लाहले रमल्लाहमा मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राजीनामा दिने निर्णय लिएका थिए । उनले लामो समयदेखि हमास समूहभित्र उत्पन्न आन्तरिक विभाजन अन्त्य गर्ने र मेलमिलापको वातावरण बनाउने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
साठी वर्षीय हम्दल्लाह सन् २०१३ मा पहिलोपटक प्यालेस्टाइनको प्रधानमन्त्री बनेका थिए ।

सन् २०१४ मा राष्ट्रपति अब्बासले हम्दल्लाहको सरकारलाई ‘राष्ट्रिय मेलमिलाप सरकार’ को रुपमा मान्यता दिई प्यालेस्टिनी समूहबीच मेलमिलापको वातावरण निर्माण गर्ने जिम्मेवारी दिएका थिए । समाचार राजधानी दैनिकमा छ ।