५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको राजिनामा, राष्टपतिले गरिन स्वीकृत



अ+ अ-

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दाल्लाहले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति अब्बासले प्रधानमन्त्री हम्दाल्लाहको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाले अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उनले राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्ने पनि बताइएको छ ।

प्रधानमन्त्रीको राजीनामासँगै प्यालेस्टाइन क्षेत्रमा संसदीय निर्वाचनका लागि नयाँ सरकार गठन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

प्यालेस्टाइनमा सन् २००६ को जनवरीमा पछिल्लो संसदीय निर्वाचन भएको थियो । त्यतिबेलाको निर्वाचनमा इस्लामिक समूह हमासले अत्यधिक बहुमत ल्याएको थियो ।

प्रधानमन्त्री हम्दाल्लाहले रमल्लाहमा मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि राजीनामा दिने निर्णय लिएका थिए । उनले लामो समयदेखि हमास समूहभित्र उत्पन्न आन्तरिक विभाजन अन्त्य गर्ने र मेलमिलापको वातावरण बनाउने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।
साठी वर्षीय हम्दल्लाह सन् २०१३ मा पहिलोपटक प्यालेस्टाइनको प्रधानमन्त्री बनेका थिए ।

सन् २०१४ मा राष्ट्रपति अब्बासले हम्दल्लाहको सरकारलाई ‘राष्ट्रिय मेलमिलाप सरकार’ को रुपमा मान्यता दिई प्यालेस्टिनी समूहबीच मेलमिलापको वातावरण निर्माण गर्ने जिम्मेवारी दिएका थिए । समाचार राजधानी दैनिकमा छ ।