१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एनसेलको आर्थिक प्रभावमा फ्रिक्वेन्सी दिन संचारमन्त्रीको चलखेल ! सर्वोच्चले दियो झट्का

एनसेलको आर्थिक प्रभावमा फ्रिक्वेन्सी दिन संचारमन्त्रीको चलखेल ! सर्वोच्चले दियो झट्का
अ अ+ अ-

काठमाडौँ । ७३ अर्ब लाभकर नतिर्ने मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विना प्रतिस्पर्धा कौडीको मूल्यमा फ्रिक्वेन्सी दिन लागेका छन् । यो समाचार यूनाइटेड पोस्टमा प्रकाशित छ ।

सिजी टेलिकमको लाइसेन्स रद्द भएपछि उसलाई दिइएको ३ मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी लिलामीका लागि चार दिनको म्याद दिएर नेपाल दूरसञ्चार प्राधिकरणले टेण्डर आब्हान गरेको थियो । टेण्डरमा भाग लिनका लागि रोयल्टी तिरेको हुनुपर्ने शर्त राखिएको थियो ।

नेपाल टेलिकमले पूर्ण क्षमता ९।६ मेगाहर्ज फ्रिक्वेन्सी लिइसकेको छ । एक सेवा प्रदायकलाई ९।६ मेगाहर्ज भन्दा बढि फ्रिक्वेन्सी दिन पाईंदैन । तसर्थ टेलीकमले भाग लिन पाएन । नेपाल स्याटेलाइट कम्पनी, स्मार्ट टेलिकम र यूटीएलले सरकारलाई रोयल्टी तिर्न बाँकी भएकाले भाग लिनै नपाउने शर्त प्रधिकरणले राखेको छ । सीजी टेलिकम खारेज भइहाल्यो । बाँकी एनसेल मात्रले भाग लिन पाउने गरी प्राधिकरणले टेण्डर गरेको छ ।

सञ्चारमन्त्री बास्कोटाको दबाबमा प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले टेण्डर गरेका हुन् । एनसेलले मात्र भाग लिन पाउने पनि कहीं प्रतिस्पर्धा हुन्छ रु यो सबै एनसेलसँग ठूलो रकम घुस लिएर सञ्चार मन्त्रीले उसलाई दिने गरी फ्रिक्वेन्सीको टेण्डरको नौटंकी गरेको प्रष्ट देखिन्छ ।

एनसेलसँग अहिले नै ८ मेगाहर्ज फ्रिक्वेन्सी छ । उसले अब १।६ मेगाहर्ज मात्र फ्रिक्वेन्सी लिन पाउँछ । १।६ मेगाहर्ज एनसेललाई दिएर बाँकी १।४ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोजनहीन बनाउन मन्त्री बास्कोटा नै उद्यत छन् ।

फ्रिक्वेन्सी भनेको नदी, जंगल जस्तै प्राकृतिक स्रोत हो । यसको वितरणमा संवेदनसीलता अपनाउनु पर्नेमा मन्त्री बास्कोटाले एनसेलको प्रभावमा परी ४ दिनको म्याद राखेर टेण्डर गर्न लगाएका छन् । जुन प्रतिस्पर्धाको सिद्धान्त विपरीत छ । सिधै एनसेलले पाउने गरी टेण्डर गरिएको छ ।

जुन टेण्डर प्रतिस्पर्धाको सिद्धान्त विपरीत भएको र १।४ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोजनहीन बनाउन लागिएकाले लिलामी रोकी पाउँ भनी मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

अधिवक्ता डिल्ली न्यौपाने, माधव पौडेल र सुवास लामिछानेले दायर गरेको रिटमा न्यायाधीश सपना मल्ल प्रधानले बुधबार अन्तरिम आदेश जारी गरी सात दिनभित्र विपक्षीलाई छलफलमा झिकाउने आदेश दिएकी छन् ।

न्यौपाने, पौडेल र लामिछानेले दायर गरेको रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ । स्रोतका अनुसार एनसेलमा नेपाली तर्फका २० प्रतिशत लगानीकर्ता सतीशलाल आचार्यले आफ्ना भाई सचिनलालमार्फत अदालत, मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म मिलाउन करोडौं रकम चलखेल गरेका छन् ।