२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

कविताको मूल्य र मूल्य राखेर मूल्यबोध !

कविताको मूल्य र मूल्य राखेर मूल्यबोध !
अ अ+ अ-

साथीहरूले भने दाइ दुई घण्टा ध्यानमा बस्नुपर्यो।

मैले कुरा बुझिनँ र चुप बसेँ।

उनीहरूले त्यसलाई प्रष्ट पार्दै भने : दुई घण्टा हामी कोही बोल्दैनौ। पुराका पुरा दाइलाई सुन्छौँ।

क्रमश: धादिङ, काठमाडौँ, रेडियो नेपाल, बीबीसी, महाकाव्य, मदन पुरस्कार र १० वटा कविता एकै ठाउँमा सुन्छौँ।

एउटा भव्य बैठकी । चुपचाप चुपचाप शान्त परिवेश ‌। परिपक्व चेतनाका परिपक्व मान्छेहरू, प्रत्येकको अगाडि केही न केही खानेकुरा । अलि पर डिनरको व्यवस्था ।

गद्य, पद्य, गीत र जीवनका अनुभव ! बीचबीचमा साना तथा अर्थपूर्ण प्रश्नहरू ! समय कसरी बित्यो र कति बित्यो हेक्का भएन !

प्रश्नको सीमा थिएन, उत्तर बनावटी थिएन। जीवनसँग मिसिएको प्रश्न थियो। कर्मको आँगनमा उभिएको अनुभवको उत्तर थियो।

उज्यालो भित्तामा टल्किरहेको उज्यालो बत्ती त्यही भित्तामा ठोकिएर प्रत्येकको अनुहारमा पोखिएको थियो। उज्यालो थियो मन र मनजस्तै उज्यालो थियो परिवेश ।

धेरैपछि म खुसीको लहरमा पोखिएको थिएँ। पोखिनुको मजा पोखिएपछि थाहा हुन्छ । त्यही कविता पढ्दा पनि अर्कै अर्कै जस्तो, त्यही गीत सुनाउँदा पनि अलि अर्को अर्को जस्तो ।

बीचबाट कसैले भन्यो अब दाइलाई सानो सम्मानको कार्यक्रम :

माया, स्नेह, समर्पण, सहृदयता, कविताप्रतिको सम्मान र कविप्रतिको आदर !

मायाको चिनो थियो हातमा एउटा बाक्लो खाम र केही उपहार ।

उनीहरूले भने : दाइ कविता सशुल्क सुन्नुपर्छ। कविता र कविको मूल्य हुनुपर्छ तर हामी मूल्य तोक्न चाहन्नौँ। नतोकिएको मूल्यमा यो आफूले आफैँलाई मूल्यमा बाँधेका हौँ । यो हामी सबैको साझा उपहार हो ।

वर्षौंदेखि सुन्दै आयौँ पढ्दै आयौँ। यी सबैको मूल्य छैन। मूल्य नहुनु भनेको अमूल्य हुनु हो। त्यो अमूल्यपनलाई हामीले मूल्यको यो सानो खामभित्र राखेकाछौँ । बाला दिनदेखिको त्यो अमूल्य स्मृतिलाई सानो मूल्यमा रूपान्तरण गरेका छौँ।
यो काम साझा हो। कसले कति पैसा योगदान गरे, हामी खुल्न पनि चाहँदैनौँ र खुलाउन पनि चाहँदैनौँ ।

म चुपचाप रहेँ, मौन रहे।

कविता सुनाएर यति धेरै पारिश्रमिक लिएको यो जीवन पहिलो क्षण हो। म आफैले पनि यसलाई पारिश्रमिक सम्झूँ कि प्रेम ?

उनीहरू आफूले दिएको पारिश्रमिक त गोप्य राख्न चाहन्छन् भने मैले तिनको नाम र रकम उल्लेख गरेर किन त्यो सीमा भत्काऊँ !

राति अबेरसम्म सँगै खाना खाएर हामी गफै गफमा रमाइरह्यौँ ।

आज केही तस्बिरहरू अकस्मात् मोबाइलमा आइपुगे। तस्बिरहरू भने यसरी सार्वजनिक गर्न मन लाग्यो ! बाँकी तस्बिरहरू साथीहरुले पठाउलान् र आउला पनि । अहिलेलाई यही उपलब्ध तस्बिरहरू मात्रै सार्वजनिक गरेँ तर त्यो साँझ त्यहाँ उपस्थित अनुहार भने यो दिलमा सप्रेम मुस्कुराइरहेछ !

त्यो साँझ त्यहाँ उपस्थित सबै अनुहार यो दिलमा सप्रेम मुस्कुराइरहेछ !

पर्ख साथी हो,

एउटा भव्य महाकाव्य सार्वजनिक गरेर यो मुस्कानको मूल्य राखौँला र नयाँ महाकाव्यसहित फेरि फर्कौँला बाल्टिमोरको त्यो भव्य बैठकीमा !

अमेरिका भ्रमणमा रहनु भएका कवि डा. नवराज लम्सालले सामाजिक संञ्जाल मार्फत व्यक्त गर्नुभएको अनुभूति