७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले अनसन तोड्नोस् सँगै लडौँला भने, तर डा.केसीले मानेनन्



अ+ अ-

काठमाडौं । तीन हप्तादेखि दिनदेखि आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीलाई भेट्न गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

अनसनस्थल पुगेका सभापति देउवाले भनेका थिए, हामी अझै धेरै लामो लडाइँ लड्नु छ, सँगै लडौँला अनशन तोड्नुस केसी जी । बिहीबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदै गएको बताएका थिए ।

देउवाले माफियाहरुको विरुद्ध लड्नुपर्ने र त्यसमा तपाईँको पनि साथ चाहिएको भन्दै अनशन तोड्न आग्रह गरेको नेपाली काँग्रेसका युवा नेता गगन थापाले जानकारी दिए । थाप पनि देउवासँगै अनशनस्थलमा पुगेका थिए । सभापति देउवाले ज्यान फालेर भन्दा पनि ज्यान जोगाएर माफिया विरुद्ध लड्न सकिने बताएका थिए ।

सभापति देउवा बिहिबार दिउँसो ४ बजे डा केसीलाई भेट्न टिचिङ अस्पताल पुगेका थिए । केसी पुस २५ देखि आमरण अनसनमा छन् ।


तर उनीहरुको आग्रह पछि पनि डा.केसीले अनशन नतोड्ने बताएका छन् । उनले आफूले अनशनबाटै सरकारसँग लड्ने भन्दै अहिले नै अनशन नतोड्ने बताएका थिए ।
सरकारले अहिलेसम्म अनसन बसेका डा.केसीको माग सुनुवाईका लागि कुनै पहल गरेको छैन । यस विषयमा सरकार बोलेको छैन ।

डा.केसीको मागप्रति ऐक्यवद्धता जारी
डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गइन् । उनले डा केसीका सबै माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरेकी थिइन् । त्यसैगरी बिहीबार पेशागत महासंघले माइतीघर मढडेलाबाट उनको समर्थनमा जुलुश प्रदर्शन गरेको थियो ।

चिकित्सको संघको आह्वानमा भोलि स्वास्थ्य सेवा ठप्प
यसैबीय डा.केसीको मागको पक्षमा नेपाल चिकित्सक संघले भोलि इमर्जेन्सीबाहेकका अरु सेवाहरु ठप्प पार्ने चेतावनी दिएको छ । संघले भाोलि देशभरिको अस्पतालमा इमर्जेन्सीबाहेकका सेवाहरु, ओपिडी आदि बन्द गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले दिएको ७२ घन्टे अल्टिमेटमको समयमा पनि डा.केसीको माप पूरा नगरेको र जबर्जस्ती संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै त्यसका विरुद्धमा आन्दोलन सुरु गरेको थियो ।