८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नुनदेखि सुनसम्मै बिचौलिया राज, सर्वसाधारण मारमा

नुनदेखि सुनसम्मै बिचौलिया राज, सर्वसाधारण मारमा
अ अ+ अ-

काठमाडौं । दैनिक रूपमा प्रयोग हुने नुनदेखि सुनसम्मै बिचौलिया राज बढेको छ । प्रायः सबै सरकारी कार्यालयका सेवा सुविधामा बिचौलियाको प्रभाव बढ्दा सर्वसाधारण मारमा परेका छन् ।विधि र नियमभन्दा पनि बिचौलियासँगको सेटिङमा सरकारी कार्यालय र त्यसमा आबद्ध अधिकारीहरू चल्न थालेपछि सेवाग्राही त्यसको सोझो मारमा परेका हुन् ।
सरकारी कार्यालय र त्यसका जिम्मेवार व्यक्तिले नै विधि र नियमलाई पाखा लगाएर अनियमितताका लागि बिचौलियालाई प्रश्रय दिँदा पावर र पहुँचवालालाई मालामाल हुने तर पैसा र पावर नहुनेहरू भने सामान्य सेवा सुविधाबाट पनि वञ्चित हुने अवस्था आएको छ ।

नीति नियम बनाउने थलो व्यवस्थापिकादेखि कार्यपालिका तथा न्यायापालिकामै बिचौलियाको प्रभाव बढ्दै गएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्र्कीले आफ्नो पालामा सर्वोच्चमा बिचौलिया छिर्न नदिन निर्देशन नै दिएकी थिइन् ।
हालै नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालतभित्र यत्रतत्र बिचौलिया रहेको भन्दै बिचौलियामाथि कानुन बनाएर कारबाही गर्ने प्रतिबद्धता नै जनाएका छन् । ६ माघमा सर्वोच्चभित्र पत्रकारसँग उनले न्यायालयमा अब बिचौलिया राज नचल्ने भन्दै अवहेलनामा कारबाही गर्ने चेतावनीसमेत दिए । न्यायालयमा मुद्दा मिलाइदिने, न्यायाधीशलाई भेटेर मुद्दा नै प्रभावित पार्नेसम्मको काममा बिचौलिया सक्रिय रहेको गुनासो रहँदै आएको छ ।

सरकारी निकायमा त झनै बिचौलियाको राज नै चल्ने गरेको छ । यातायात कार्यालय, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालयका साथै स्थानीय तहमा बिचौलियाको बिगबिगी बढेको हो ।
यातायात कार्यालयमा सवारीको नामसारी, नवीकरणलगायतमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ । बिचौलियामार्फत भने त्यहीँ काम तत्काल हुने गरेको पाइएको छ ।
यातायात व्यवस्था विभागले एक वर्षअघिका हजारौं स्मार्ट लाइसेन्स दिन वितरण गर्न सकेको छैन । स्रोतका अनुसार बिचौलियामार्फत साता दिनदेखि महिनाभित्र पनि कतिपयले स्मार्ट लाइसेन्स प्राप्त गरिरहेका छन् ।

कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनीको अद्यावधिक तथा नयाँ कम्पनी दर्तालगायतका काममा सामान्य सेवाग्राहीले महिना दिनसम्म कुर्नुपर्ने बाध्यता छ । बिचौलियामार्फत भने १ देखि ४ दिनभित्र तीनै काम हुने गरेको समेत पाइएको छ । मालपोत कार्यालय, नापी कार्यालय र पछिल्ला दिनमा स्थानीय तहमा पनि बिचौलियाको बिगबिगी झनै बढेको हो । ६ माघमा मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरका नायब सुब्बा कुमारबहादुर राजभण्डारीका साथै बिचौलिया बाबुराजा शाक्यलाई समेतलाई घुससहित पक्राउ गरेको थियो ।
सरकारी कर्मचारीले सोझै घुस लिँदा अख्तियारको फन्दामा पर्ने खतरा बढेपछि उनीहरूले समेत बिचौलियामार्फत घुस लिने गरेको पाइएको छ । सरकारी कर्मचारीले नै घुसका लागि बिचौलिया रोजेपछि विधि र नियम कमजोर बन्न पुगेको हो भने बिचौलिया झन् बलिया बन्न पुगेका हुन् ।

पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा कुनै पनि सरकारी निकायमा बिचौलिया अन्त्य गरेर विधि र नियमबाट चल्ने व्यवस्था हुनुपर्ने बताउँछिन् । ‘जुनसुकै सेवाग्राहीले आफ्नो सेवा सुविधा स्वतः र सहज रूपमा लिन–दिन पाउनुपर्छ, कानुन र नियम कमजोर बनाउने र बिचौलियाले राज गर्ने हुनुहुन्न,’ उनले भनिन् ।
गत असार र भदौमा सरकाले तरकारीसँग सम्बन्धित बिचौलियामाथि कारबाही अभियान नै चलाएको थियो । सरकारले कालिमाटी र बालाजुस्थित तरकारी बजारका ९९ व्यापारीलाई कालोसूचीमा राखे पनि बिचौलिया र व्यापारीले सरकारी अनुगमन टोलीलाई नै थुनिदिने धम्कीसमेत दिन पछि हटेनन् । त्यस क्रममा व्यापारीहरू कारबाहीमा समेत परेका थिए । राजधानि दैनिकबाट