२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ वर्षपछि पनि उत्तिकै फायर ‘पुष्पाराज’, पार्ट २ को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । साउथ अभिनेता अल्लु अर्जुनको करियरको सबैभन्दा ठूलो फिल्म ‘पुष्पा’ले उनलाई विश्वभर लोकप्रियता दिलाएको छ ।

पुष्पाः द राइज सन् २०२१ मा रिलिज भएको थियो । दर्शकको मनमा राज गर्नुका साथै फिल्मले बक्स अफिस कमाईमा पनि धेरै ठूला कीर्तिमान बनाएको थियो ।

अब फेरि एकपटक अभिनेता अल्लु अर्जुन आफ्नो पात्र पुष्पाराजबाट जनताको मन जित्ने तयारीमा छन् । ‘पुष्पा २ः द रुल’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र ‘पुष्पा’को पार्ट २ को ट्रेलर हेरेपछि ‘पुष्पाराज’ फेरी एकपटक ‘फायर’ हुनेछन् भन्न सकिन्छ । चलचित्रको दोस्रो भागमा कथालाई अगाडि बढाइएको छ । फिल्ममा अल्लु अर्जुनको क्यारेक्टर लुकेको छ र सबैले उनलाई खोजिरहेका छन् ।

पुष्पा पार्ट २ मा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल जस्ता स्टारहरु महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

हेर्नुहोस् ट्रेलरः