३१ असार २०८३, बुधबार
,
Latest
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

विराटनगर किङ्सले आईतवार पत्रकार सम्मेलनमार्फत नायक दयाहाङलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो । उक्त कार्यक्रममा विराटनगरका मालिक वैङ्कटेस मुन्द्रा र नायक दायहाङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता एक वर्षको हुनेछ । ग्लोवल स्टारको छवि बनाएका सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् । तर उनी ब्राण्ड एम्बासडर घोषणा कार्यक्रममा उपस्थित थिएनन् ।

सामाजिक सञ्जालमा लाखौंमा फलोअर्स रहेका सन्दीपले विराटनगरका कुनैपनि गतिविधि शेयर गरिरहेका छैनन् ।

उनी र विराटनगर किङ्सबीच पारिश्रमिकका विषयलाई लिएर असमझदारी रहेको चर्चा पनि चलिरहेको थियो । आईतवार आफ्नो फ्रेन्चाइज टोलीको औपचारिक कार्यक्रममा पनि सन्दीप उपस्थित नभएपछि प्रश्न उठे ।

तर विराटनगरका मालिक मुन्द्राले आफ्नो मार्की सन्दीप बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको र केही दिनपछिका कार्यक्रममा आउने बताउनु भयो ।

साथै मुन्द्राले कोशीमा क्रिकेटको विकासमा सघाउ गर्ने उद्देश्यले विरानगर किंग्सले काम गरिरहेको बताउनु भयो । उहाँले कोशीको पाँच जिल्लामा ट्यालेन्ट हन्ट गरिएको र निकट भविष्यमा एकेडेमी पनि सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।

सो अवसरमा अभिनेता दयाहाङ राईले आफ्नै क्षेत्रसमेत रहेको विराटनगरसँग जोडिन पाउँदा धेरै खुशी रहेको उल्लेख गर्दै खेलले धैर्यता र अनुशासनमा रहन सिकाउने भएकाले आफूले नियमित रूपमा पछ्याउँदै आएको बताउनु भयो । साथै उहाँले देशका उन्नति र विकास लागि कला र खेल क्षेत्रमा लगानी लगानी गर्न आवश्यक रहेको औंल्याउनु भयो ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आउनुभएका अभिनेता दयाहाङ राईलाई विराटनगर किङ्सले आफ्नो टोलीमा जोड्दा क्यानका लागि एक जित सरह रहेको बताउनु भयो ।