• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख

राप्रपा एकता घोषणा आज, एकतापछि पार्टीको नाम राप्रपा (संयुक्त)



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी(का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै पार्टीबीच एकताको टुंगो लागेको हो । रमजधानी दैनिकमा खबर छ ।
राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबार एकताको घोषणा हुने राप्रपा (प्रजातान्त्रिक( का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उनले दुवै राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने सहमति भएको बताए ।
‘दुवै राप्रपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुने तय भएको छ । पार्टी एकतापछिको पार्टीको नाम राप्रपा (संयुक्त) रहने दुवै अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता गुरुङले राजधानीसँग भने ।

दुवै अध्यक्षले बिहीबार चावहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए । एकता पछि पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई सशक्त रूपमा उठाउने प्रवक्ता गुरुङले जानकारी दिए ।
राप्रपा ९राष्ट्रवादी०का सहप्रवक्ता जनक पाठकका अनुसार दुवै राप्रपाबीचको एकता घोषणापछि पार्टीको चुनाव चिह्न भने ‘हलो’ रहने सहमति भएको छ । यस्तै, एकतापछि पार्टीमा दुवै जना अध्यक्ष समान हैसियतमा रहने गरी दुई नेताबीच सहमति भएको पनि उनले जानकारी दिए ।

दुई अध्यक्ष रहने
‘दुई पार्टीबीचको एकता पछि पार्टीको चुनाव चिह्न हलो रहने र दुवै जना अध्यक्ष रहने गरी दुई अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा ९राष्ट्रवादी० का सहप्रवक्ता पाठकले भने ।
एकतापछि दुवै अध्यक्षको सहमतिमा कार्यसम्पादन समिति र निर्देशन समिति बन्ने सहमतिसमेत भएको छ । तर, सो समितिमा कति सदस्य रहने र को–को रहने भन्नेबारे दुवै अध्यक्षको सहमतिमा पछि निर्णय गर्ने बताइएको छ । यस्तै, केन्द्रीय समितिमा रहने सदस्यहरूको समेत दुई नेताले नै अन्तिम टुंगो लगाउनेछन् ।
राप्रपा ९प्रजातान्त्रिक० का प्रवक्ता गुरुङले दुवै अध्यक्षको सहमतिमा एकता घोषणा भएको १५ दिनदेखि एक महिनाभित्रैमा कार्यसम्पादन समिति, निर्देशन समिति र केन्द्रीय समितिबारे टुंगो लाग्ने जनाए । हाल राप्रपा ९प्रजातान्त्रिक०मा २५१ जनाको केन्द्रीय समिति छ भने राप्रपा (राष्ट्रवादी) मा ११६ जना केन्द्रीय सदस्य छन् ।

यसैगरी, दुवै राप्रपाबीचको एकताका विषयमा हिन्दू धर्म र राजसंस्थाको विषयमा समेत सहमति जुटेको छ । सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र सबै पक्षलाई चिक्त बुझ्ने सहमति र साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा एकतापछि पार्टी अघि बढ्ने सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा पार्टी एकता घोषणापछि महाधिवेशन सम्पन्न नभएसम्म दुई अध्यक्षबीचको सहमतिअनुसार दुवै पार्टीको विधानलाई आधार मानेर एकता घोषणाको ३० दिनभित्र अन्तरिम विधान बनाइने उल्लेख छ । यस्तै, एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई राप्रपाबीच मात्रै पार्टी एकता घोषणा हुन लागेको हो । एकतापछि पनि समान विचार राख्ने अन्य पार्टी, व्यक्ति र समूहसँग एकीकरणका लागि प्रयास निरन्तर रहने दुवै अध्यक्षद्वारा हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख छ ।
२०७४ मा भएको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेका थिए ।