६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्नुपर्छ : रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ ।

मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको हो । उहाँले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । मन्त्री झाँक्रीले अहिले भएका ठाउँहरुलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न शहरलाई नयाँ शहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो, हाम्रो प्रायोरिटी यो हो भनेर, स्वभाविक रुपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरु हाम्रो सरकारको प्राथमिकता हो । त्यहाँ केही विषयहरु बोलिए र हामीले त्यसलाई अरु ढंगले पनि प्रेजेन्ट गरिरहेका छौँ । एउटा अनौठो तथ्यांक देखेँ मैले, २०३० सम्म हामीले १५ प्रतिशत स्वच्छ र सस्तो उर्जाको विकास गर्ने भनेका छौँ । जबकी हाम्रो उर्जा भनेर केलाई भन्ने ? दाउरा, आदि इत्यादीलाई पनि उर्जा भन्ने हो भने त फेरि हाम्रो अर्को कुरा हुने होला । आजको दिनमा अरुकै कुराहरुलाई हामीले ध्यान दिएको जस्तो पनि लाग्छ । त्यसैले कार्बन उत्सर्जन नगर्ने देशमध्ये नेपाल पर्छ, दुई वटा ठूला औद्योगिक, विकासशील, राष्ट्रहरु, इकोनोमिमा तीव्र विकास गरेका र जनसंख्याको ठूलो हिस्सा भएका मुलुकहरुको बीचमा छौँ । हामी जोखिममा छौँ भन्ने विषयहरु सबै मानिसहरुले बिना प्रोजेक्ट चिच्याएर भन्नु पर्ने बेला छ । ग्लोबल प्लेटफर्ममा हामीले जति वटा प्रतिवद्धता जनाएका छौँ । त्यसलाई हामी सबैले हाम्रो एजेण्डा हो भन्नुपर्ने बेला आएको छ । त्यसैले विकासको कुरा गरिरहँदा अर्बान प्लानिङको इकोसिस्टम बेसको कुरा गरिरहँदा अहिले भएका ठाउँहरुलाई कसरी राम्रो बनाउने त ? जस्तो काठमाडौंको हिसावले कुरा गर्ने हो भने, बाटो साँघुरो छ, ट्राफिक जाम धेरै छ, एक, डेढ घण्टा पिक आवरमा जाममा जो कोही परिरहन्छ, त्यसले गर्र्ने इन्धनको खपत, प्रदूषण, मानिसको समयको बर्बादीलाई हामीले कसरी व्यवस्थापन गर्छौं भन्ने कुरा प्रत्येक मान्छेको एजेण्डा बन्नुपर्छ ।’

मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताउनु भयो । उहाँले काठमाडौं व्यवस्थित र आधुनिक शहर नभइ ढल र अव्यवस्थित मानिसहरुको थलो भएको बताउनु भयो । मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने बताउनु भयो । मन्त्री झाँक्रीले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको बताउनु भयो । मन्त्री झाँक्रीले भन्नुभयो, ‘जस्तो काठमाडौं शहरको अव्यवस्थापनको कुरा गर्ने हो भने यो वस्तु र सेवाको उत्पादन केन्द्र नभइ वस्तु र सेवाको उपभोगको केन्द्र बनेको छ । अनि यो व्यवस्थित र आधुनिक शहर होइन, ढल, बाटो बिग्रेको, अव्यवस्थित मान्छे, एकले अर्कोलाई सोसल इन्ट्रीगेशन पनि त्यति राम्रोसँग नहुने, एकप्रकारको मनोडोनस अर्कै अवस्था बनिरहेको छ । यसलाई बनाउन सकिन्छ कि सकिँदैन भन्ने हो भने, यदि सबै मानिसले कमिटमेण्ट गर्‍यो भने सकिन्छ । हाम्रा प्रोजेक्टहरुमा दुनियाँमा सुने जानेका सबै शब्दहरु छन्, तर कागजमा मात्रै भए । नयाँ बनाउने कमिटमेण्ट के हो ? केही पनि छैन । भन्दै जाने मात्रै हो । अझ एकाध मान्छेहरुलाई भेट्छु । काठमाडौंमा तु का तु मेट्रो चलाउने सकिन्छ नि ट्राफिक जामलाई व्यवस्थित गर्न भन्ने मान्छेलाई मेट्रोको बारेमा थाहा छैन, उपयोगिता, लगानी, खर्च के कसरी, कति हुन्छ भन्ने अध्ययन छैन ।’

मन्त्री झाँक्रीले नयाँ शहर, मेगा शहर र स्मार्ट सिटी बनाउनको लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताउनु भयो । उहाँले इन्जिनियरिङ क्षेत्रमा अब पढ्दा र पढाउँदा आजको काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउने योजनाअनुसार प्रत्येक विद्यार्थीहरुलाई प्रोजेक्ट दिएर पढाउनु पर्ने बताउनु भयो । मन्त्री झाँक्रीले नयाँ ढंगको सोचको विकास गरेर अघि बढ्नु पर्ने भन्दै देशको विकासका लागि नागरिकको सहयोग अपरिहार्य भएको बताउनु भयो ।  




भर्खरै