७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालीस कार्टुन मदिरासहित पक्राउ



अ+ अ-

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नेपाल– भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ३५ वर्षीय अशोककुमार रायलाई ४० कार्टुन मदिरासहित पक्राउ गरेको जनाएको छ ।

कार्टुनभित्र १२०० थान मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको मदिरासहित नियन्त्रणमा लिइएको रायलाई आवश्यक कारवाहीका लागि बेल्ही भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।