२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालीस कार्टुन मदिरासहित पक्राउ



अ+ अ-

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नेपाल– भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ३५ वर्षीय अशोककुमार रायलाई ४० कार्टुन मदिरासहित पक्राउ गरेको जनाएको छ ।

कार्टुनभित्र १२०० थान मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको मदिरासहित नियन्त्रणमा लिइएको रायलाई आवश्यक कारवाहीका लागि बेल्ही भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।