७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

मानव तस्करीमा संलग्नको आरोप लागेकी राजदूत शेर्पाले दिइन् राजीनामा

मानव तस्करीमा संलग्नको आरोप लागेकी राजदूत शेर्पाले दिइन् राजीनामा
अ+ अ-

काठमाडौं । मानव तस्करीमा संलग्नको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले न्यायिक फैसला होस भन्दै राजिनामा दिएर बाटो खुल्ला गरेको दावि गरेकी छिन् ।

राजिनामा पत्रको पुर्ण पाठ

                          

आदरणीय पत्रकार साथीहरु,

जिम्मेवारीको हिसाबले अष्टे«लियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफुमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ । म यहाँहरु समक्ष प्रेस बिज्ञप्ती मार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु ।

गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता बिषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस बिज्ञप्ती प्रेषित गरेको छु ।

घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता ब्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद छ । यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउला रु यो बिचारणीय कुरो छ ।

शरणार्थी माध्यमबाट पी।आर। पाउने र केही ब्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पी।आर। दिलाउन एसाईलमको खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहिन, नियोजित तरिकाले निराधार आरोप लगाईएको छ । जतिसक्दो गलत आरोपहरु राजदुत बिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ ।

हामीमाथि संगिन र आधारहिन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ मेरो जीवनको करियरको सुरुवात नै मानबतस्करी बिरुद्धको अभियानबाट शुरु भएको हो । गाउँको दुरदराज, झुपडी देखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ । कैयौ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु । दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु । मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे बिबेकशील समाजका कोहीपनि अनभिज्ञ छैनन् । मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै ईमान्दारिता हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दुताबासहरुसँग सत्यतथ्य जानकारी लिन सकिने सुचनाको हक यहाँहरु सबैमा छ ।

निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि प्रक्रिया र स्रोतसाधन छ । यसर्थ सम्बन्धित व्यक्तिको कार्यगत र भाषिक परिक्षण लिईएता पनि निजको नियत र ईमान्दारिताको परिक्षण लिन चुक्यौ र समस्याको जड त्यहि नै रह्यो । बिदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पि।आर। पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें ।

केही सञ्चार माध्यममा काल्पनिक कथा बनाएर बिचार सहि सम्प्रेषण नगरि वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगिमा संलग्न ब्यतिको भनाई मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन । यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको हाम्रो बैक खाता लगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ ।

पत्रकार साथीहरु,

मिती २०७४ मंसिर ५ गते देखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत अष्ट्रलियाको सम्बन्धित निकायमा निजको चोरी ठगी सम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत कारबाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनको साथै २०७४ साल मशिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको हो । कुटनीतिक माध्यमबाट बर्षौदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने तर जस्केलाबाट कसैले चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको बिषयमा छानबिन समिति बनाउने यो देशको कस्तो बिडम्बना रु कस्तो दुर्भाग्य रु कुटनीतिक प्रतिष्ठा र मर्यादा माथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मूलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भिरता प्रस्तुत गरेका उदाहरणहरु छन् ।

निजले मेरो बिरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ती खुला ९म्ष्उयिmबतष्अ ष्mmगलष्तथ धबष्खभ ० अष्ट्रेलियन सरकार समक्ष पेश गरेको अवगतै छ । अष्टे«लियन सरकारले म माथि लागेको सम्पूर्ण आरोप झुठा साबित गर्दै ससम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु ।

पत्रकार साथीहरु,

अष्ट्रेलियास्थित नेपाली दुताबास सम्हाल्न आई पुगेदेखिनै नेपाल सरकारले दिएको जिम्मेवारी यहाको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायत अष्टे«लियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौ । अष्ट्रलियामा ठुलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिती रहेको छ नेपाली समुदाय लगायत सेवाग्राहीका लागि बाहै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहिहरुकै भनाइबाट बुझ्न साकिन्छ । डिप्रेसन र अनेकौ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर नेपाल उनिहरुको स्वेच्छाले फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ । अनाहकमा झुटा मुद्धा लगाई फसाईएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु । हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कयौको घरबार टुट्नबाट जोगाउने काम गरेकी छु । कतिपय नेपालीहरुले दुताबासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन भन्दै अचम्मित भएको पाईयो । अझ भनौ नेपालीहरुले अभिभावक नेपाली दुताबास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु । दुताबासले पनि पीडित र सेवाग्राहिको पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नको साथै आँट भरोशा नेपाली समुदायलाई दिएकी छु । यि सबै सम्झदा आफुलाई गर्बको अनुभुति हुन्छ ।

पत्रकार साथीहरु ,

यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ आफुले ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसंग छन् । नक्कली ड्राइभिङ लाईसेन्स धन्धामा देशको शिर्षस्थ नेताको समेत नाम दुरुपयोग गरी कयौलाई ठगी गरेको, भुकम्पपीडितलाई ट्याक्सी निकालिदिन्छु भनी दर्जनौलाई ठगी गरेको साथै बिदेश लैजान्छु भनी नक्कली कागजात मात्र होईन नक्कली भिषा नै बनाएर कैयौलाई ठगी गरेको साथै सन २०१७ सेप्टेम्बरमा अष्टे«लियाको टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिषा पाएको घटनाबाट प्रेरित भई हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दुताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरिबाट ठगी धन्धामा लागेको थाहा भयो । पी।आर। पाउने गलत मनासायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिषामा रहेका ब्यक्तिले प्रोटेक्सन भिषा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही एसाईलमका धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफु र नेत्रित्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अबिलम्ब नेपाल झिकाई कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु ।

मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजिनामा नेपाल सरकार समक्ष पेश गरेको छु । एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन । देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने रु न्यायिक फैसला होस्, सत्य नमरोस्स त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।

अन्त्यमा, अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनु भएको माया, आत्मियता, सद्भभाव र सहयोगी भावना मेरो लागि अबिष्मरणीय हुनेछ । नेपाल सरकार, नेपालीहरुको साझा संगठन एन।आर।एन।ए। ओसियाना, एन आर एन ए, एन।सि।सी। अष्ट्रेलिया, न्युजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, बिभिन्न पेशा व्यबसायमा रहनु भएका साथीहरु, बुद्धिजिबी बर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अबैतनिक बाणिज्यदूत साथीहरु, अष्टे«लियन सरकार र नेपाली दुताबास क्यान्भेराका साथीहरु साथै अष्टे«लिया, न्युजिल्याण्ड र विश्वभरी रहनु भएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनु भएको अमुल्य सल्लाह, सुझाब र सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

लक्की शेर्पा

अष्ट्रेलियाका लागि नेपाली राजदूत