७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

डा. केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो देखाएन : पौडेल

डा. केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो देखाएन : पौडेल
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको गम्भिर आरोप लगाएका छन् ।

उनले भने,‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ । उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन् । बेवास्ता गर्यो ।’


नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सुहाउँदो व्यवहार नगरेको पनि आरोप लगाए । उनले भने,‘सरकारले डाक्टर केसीसँग गरेको सम्झौताको मूल विषय तोडमोड गरेर विद्येयक ल्याएको छ ।’

उनले डाक्टर केसीले समयमै आँखा नखोलिदिएको भए स्वास्थ्य शिक्षामा रहेको समस्या र विकृतिबारे कुनैपनि दलले यो काम गर्न नसक्ने उनको भनाई थियो । उनले भने,‘यसमा लजाउनुपर्ने कुनै कारण र विषय छैन् । स्वास्थ्य शिक्षा सुधारको लागि कांग्रेस वा कम्युनिष्ट नाथे हुन, तर गोविन्द केसी सबथोक हुन् ।’

उनले गोविन्द केसीलाई कसैलेपनि अवमूल्यन गर्न नहुने धारणा राखे । उनले माथेमा आयोगको प्रवितेदन हुवहु लागु गर्नुपर्नेपनि जिकिर गरे ।


पौडेलले डाक्टर केसीलाई अनशन बसाउन लगाउने कांग्रेस नै हो र अब यसको अवतरणपनि कांग्रेसले नै गर्नुपर्छ भनेर नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेको कुराको खण्डन गरे । उनले भने,‘सरकार हिजो सरकारमा हुँदा डा. केसी ७ पटक अनशन बस्नुभएको छ । उहाँलाई कसरी कांग्रेसले अनशन बस्न लगायो ? यो गलत आरोप हो ।’

उनले आरोपै लगाउने हो भने डाक्टर केसीलाई प्रधानमन्त्री र सञ्चारमन्त्रीले मार्न चाहानुभएको छ भनेर आफूहरुले पनि आरोप लगाउन सक्ने तर्क गरे । उनले भने,‘डाक्टर केसीको ज्यान जोखिममा छ । खतरामा छ । उहाँको जीवनरक्षाको लागि सरकार गम्भिर बन्नुपर्छ ।’