२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशन तोडाउन सरकारले डा. केसीलाई विश्वासमा लिनुपर्छ : बरिष्ठ उपाध्यक्ष डा. पौडेल



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष प्रा. डा. ढुण्डीराज पौडेलले सरकारले डाक्टर केसीको जीवन रक्षाको लागि पहल गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘डाक्टर केसीको अनशन तोडाउन सरकारले उहाँलाई विश्वासमा लिनुपर्छ । उहाँको जीवनरक्षा गर्नु हामी सबैको दायित्व हो ।’

सरकार र केसी पक्ष दुवै वार्ताको लागि उदार हुनुपर्ने उनको भनाई छ । उनले भने,‘अब पूर्वाग्रह, तुष, अहंकार र हठबाजी गर्नुहुँदैन् । दुवै पक्ष वार्ताको लागि लिवरल हुनुपर्छ । यतिबेला डा. केसीकै सत्याग्रहका कारण प्राप्त उपलब्धिको वकालतमा भन्दा सत्याग्रहीको ज्यान बचाउन सक्रिय हुनुपर्छ । ज्यान बचाउने उपाय खोज्नुपर्छ ।’

उनले डाक्टर केसीले उठाएका धेरै कुराहरु विद्येयकमा समावेश भएको पनि स्पष्ट पारे । उनले विगतमा आफूहरुले नै चिकित्सा विश्वविद्यालय चाहिन्छ भनेर आवाज उठाएको सुनाए ।