१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजिनामा दिएकी राजदूत शेर्पाले न्याय खोजिदन मिडियालाई गुहारिन

राजिनामा दिएकी राजदूत शेर्पाले न्याय खोजिदन मिडियालाई गुहारिन
अ अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दुई महिना लामो खिचातानीपछि अन्ततः राजीनामा दिएकी छन्। राजदूत शेर्पा ‘मानव तस्करी’जस्तो गम्भीर आरोपमा मुछिएकी थिइन्। आफ्नै गाडी चालक वाङ्छु शेर्पाले मानव बेचबिखन आरोप लगाएका थिए। यो विवादले नेपाली राजनीति नै तरंगित भएको थियो।

सत्तारुढ दलले पटक–पटक बैठक बसी निकासको बाटो खोज्यो। पूर्वएमाले र पूर्वमाओवादीबीच सम्बन्धको आधार केलाइयो। तब पार्टीले उनलाई राजीनामा गराउने निष्कर्ष निकाल्यो। राजनीतिक दलका नेता र सरकारले पनि राजीनामा दिन सुझाए। त्यही आधारमा राजदूत शेर्पालाई आवश्यक प्रक्रिया पूरा गर्न अस्ट्रेलिया पठाइयो। यसबीच उनले पनि आफू निर्दोष रहेको भन्दै राजनीतिक भेटघाट बढाइन्। उनले ‘झुटो आरोप’विरुद्ध अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने बताउँदै आएकी थिइन्।

अन्ततः अस्ट्रेलियाबाट फर्किएर उनले परराष्ट्र मन्त्रालयमा राजीनामापत्र बुझाएकी हुन्। उनले आफूमाथि लागेको आरोप झुटो भएको र यस्तो समस्या बोकेर बस्न नसक्ने राजीनामामा खुलाएकी छन्। ‘सत्य कहिल्यै मर्दैन, त्यही नैतिकताका आधारमा राजीनामा दिएकी छु’, उनले विज्ञप्तिमार्फत भनेकी छन्।

छानबिन समितिले मानिस लगेको पुष्टि गर्न सकेन। विवादित व्यक्ति राजदूत रहँदा सम्बन्धित मुलुकसँगको सम्बन्धमा आशंका रहने निष्कर्ष समितिले निकाल्यो। ‘देश र जनताप्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा ममाथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने रु ’, राजीनामापछि उनले भनिन्, ‘न्यायिक फैसला होस्, सत्य नमरोस्। यसकै लागि मैले बाटो खुला गरेकी हुँ। मैले मेरो र परिवारको बैंक खातासमेत खुला राखिदिएको छु।’

आरोप लगाउने व्यक्तिविरुद्ध पहिला आफूले उजुरी गरेको तर त्यसको सुनुवाइ नभएको गुनासो उनले गरिन्। पछि आफूमाथि नै छानबिन गर्ने नियतबारे स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ। ‘मलाई आरोप लगाउने व्यक्तिले एक वर्षदेखि बदमासी गरेको कुरा मन्त्रालयमा भन्दा पनि वास्ता भएन’, उनले भनिन्, ‘तर, उसले सञ्चारमाध्यमबाट ममाथि आरोप लगाउनेबित्तिकै छानबिन समिति बनाइयो। समितिका पदाधिकारीले हामीसँग त्यो सबै खालको छानबिन गर्ने प्राविधिक दक्षता छैन, पाएको यथार्थ राखेर प्रतिवेदन बनाउने भने। आखिर मलाई अन्योलमा राखे अनि राजीनामा दिएँ।’

एकतर्फी कुरा सुनेर निचोडमा पुगेकाले आफू कानुनी प्रक्रियामा जान सक्ने चेतावनी उनले दिइन्। ‘कोसँग कति पैसा लिएको हो रु त्यो देखाउनुप‍र्‍यो’, उनले भनिन्। कानुनी उपचार, परराष्ट्रभित्रकै जालो र शरणार्थीको खेती गर्ने व्यक्तिका विषयमा के गर्ने भनेर परामर्श लिइरहेको उनको भनाइ छ।

उनका अनुसार २०७४ मंसिर ५ मा मन्त्रालयसहित अस्ट्रेलियाको सम्बन्धित निकायमा उक्त व्यक्तिको गैरकानुनी क्रियाकलापबारे पीडितले पठाएको प्रमाणसहित उजुरी पठाइएको थियो। उक्त पत्रको सुनुवाइ नगरी कसैले चिच्याएका भरमा कूटनीतिक नियोग प्रमुखका विषयमा छानबिन समिति बनाउनु दुर्भाग्य भएको उनको भनाइ छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।

उनका अनुसार अस्ट्रेलियाको पीआर लिने चक्करमा नेपाली विद्यार्थी दलालबाट ठगिने गरेका छन्। त्यसलाई रोक्न खोज्दा आफूविरुद्ध आरोप लागेको उनको दाबी छ। कूटनीतिक मर्यादाका कारण तत्काल आरोप चिर्न नसकेको उनले खुलाइन्। ‘एकोहोरो भ्रम, लान्छना र जालझेलमा पर्दा पनि पहाडै खसेको देख्दाझैं मूकदर्शक बन्नुपर्‍यो’, विज्ञप्तिमा लेखिएको छ।

शरणार्थी माध्यमबाट पीआर पाउने भएकाले केही व्यक्तिले ‘शरणको खेती’ गर्ने कुचेष्टाले वाङ्छुलाई प्रयोग गरेको दाबी उनले गरिन्। ‘अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कूटनीतिक उन्मुक्ति खुला गर्दै अस्टे«लिया सरकारसमक्ष पेस गरेकी थिएँ’, उनले भनिन्, ‘अस्ट्रेलिया सरकारले सम्पूर्ण आरोप झुटो साबित गर्दै ससम्मान कूटनीतिक रूपमा काम गर्न हौसला प्रदान गर्‍यो।’

गाउँको दूरदराजदेखि अन्तर्राष्ट्रिय मञ्च हुँदै नीति निर्माण तहसम्म भूमिका रहेको उनले स्मरण गराइन्। भनिन्, ‘मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक–सामाजिक–आर्थिक हैसियतबारे विवेकशील समाजका कोही पनि अनभिज्ञ छैनन्।’

वाङ्छुलाई सरकारले अविलम्ब नेपाल झिकाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ। ‘घटनाको वास्तविकता र यथार्थ थाती राखेर एकाध मिडियाको पछाडि लागी कूटनीतिज्ञजस्ता व्यक्तिलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद् छ’, उनले भनेकी छन्। आफू मानव तस्करीविरुद्ध लड्दै आएको उनले सुनाइन्। भनिन्, ‘मेरो सर्वस्व भनेकै इमानदारी हो।’