१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
ÕW
अ अ+ अ-

लेखनाथ । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुट्नु भएको छ ।

उहाँले फेवाताल किनारमा २०१५ सालदेखि निरन्तर ४० वर्षसम्म पिङ निर्माण गर्नुभएको थियो । बुद्धिबहादुरकै नेतृत्वमा यतिबेला पोखराको फेवाताल किनारमा पिङ राखेर स्वदेशी तथा विदेशी पर्यटकलाई दसैँको मनोरञ्जन प्रदान गरिएको छ । केही दशकयता उक्त स्थापनमा रोकिएको पिङ निर्माणलाई उहाँ संयोजक बनेर यस वर्ष पिङ निर्माण गरिएको हो ।

विसं २०१५ वर्षदेखि बुद्धिबहादुर नेपाली, अक्कलबहादुर भुजेल र बाबुलाल श्रेष्ठ मिलेर पर्यटकीय स्थल फेवातालको बाराही घाट नजिकैको चौरमा चम्रेली, रिङ्गटे, लठ्ठे र जाँचे पिङ राख्नु हुन्थ्यो ।

विभिन्न कारणले केही दशकदेखि रोकिएको उक्त पिङ यस वर्ष फेरी निर्माण गरिएको छ । त्यतिबेला पिङ राख्ने तीनजनामध्ये हाल बुद्धिबहादुर मात्र जीवित हुनुहुन्छ । उहाँहरुले निरन्तर पिङ राखेर बैदामवासीलाई मनोरञ्जन प्रदान गर्दै आउनुभएको थियो । तर फेवालात किनारमा पिङ राख्ने काम २० वर्षदेखि बन्द हुँदै आएको थियो ।

बन्द भएको कामलाई निरन्तरता दिन बुद्धिबहादुरको संयोजकत्वमा पिङ निर्माण समिति गठन गरी यस वर्ष बाराही घाटमा पिङ राखिएका छन् । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उहाँले आफ्नै घरमा भएका पिङ सामग्री झिकेर ल्याई पिङ राख्नु भएको हो ।

“पिङका सामग्री मेरो घरमा बीस वर्षदेखि त्यसै थन्किएर बसेका थिए । यस वर्ष प्रयोगमा आए,” उहाँले भन्नुभयो । यस वर्ष पिङ निर्माणमा वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पनि चासो देखाउनुभएको बुद्धिबहादुरले बताउनुभयो ।

गाउँमा पिङ निर्माण भएपछि केटाकेटी खुसी हुनाका साथै दसैँ आएको अनुभूति हुन्थ्यो, पिङ खेल्नकै लागि एक घण्टासमेत पालो कुरियो त्यही सम्झनामा केटाकेटीहरुलाई खुसी दिनका लागि आफू यो उमेरमा पनि पिङ निर्माण समितिको संयोजक भएर काम गरेको बुद्धिबहादुरले सुनाउनुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले परम्परागत संस्कृतिको जगेर्ना गर्न उक्त स्थानमा विभिन्न प्रकारका पिङ राखिएको बताउनुभयो । बाराही घाटको उक्त चौरमा धेरै वर्षदेखि पिङ राखिँदै आइएको र केही दशकदेखि रोकिएकाले यस वर्षदेखि निरन्तरता दिइएको बताउनुभयो ।

स्थानीयवासी भरत पहारीले पिङ निर्माणसँगै सानो उमेर छँदा मनभित्र आएको खुसीको अनुभूति स्मरण भएको बताउनुभयो ।

अहिले बजारमा जतासुुकै यस्ता पिङ बाह्रै सञ्चालन हुँदा केटाकेटी उमेर समूहलाई पनि दसैँको पिङको महत्व कम हुँदै गएको उहाँको भनाइ छ । कास्कीका गाउँहरुमा यस्ता पिङ राख्ने काम केही मात्रामा भए पनि सहरी क्षेत्रमा भने ह्वात्तै घटेको पहारी बताउनुहुन्छ ।