१९ माघ २०८१, शनिबार
,
Latest
हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियोः प्रकाशमान सिंह (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताउनुभएको हो ।

आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालको उहाँले बताउनुभयो । पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उहाँले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुपर्यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुपर्यो। संस्थागत रुपमा पार्टी चल्नुपर्यो।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताउनुभयो । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पुर्याउन नसकिएको उहाँको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीतिक पार्टी संस्थागत गर्नै सकेको छैन सबभन्दा कमजोरी पक्ष । जुन दलले नेतृत्व गर्यो, क्रान्ति गर्यो । त्यही दलमा संस्थागत हुन नसकेपछि त गाह्रो हुँदोरहेछ नि । प्राप्त भएका जुन अधिकारहरु हुन्, प्राप्त गरेका जुन उपलब्धिहरु छन् ति उपलब्धिहरुलाई जनतासम्म पुर्याउनको लागि प्रभावकारी माध्यम भनेको राजनीतिक दल हो । राजनीतिक पार्टीमा कमीकमजोरी के हो भन्दाखेरी पार्टी संस्थागत नै हुन सकेको छैन । संस्थागत नभएको कारणले, अहिले सिस्टममा नै कमी, कमजोरीहरु देखा परेको कारणले, राजनीतिक कमी कमजोरीहरुलाई फिल्टर गर्ने त पार्टीहरु हुन् नि त । कांग्रेसमा देखा परेका कमी, कमजोरी, विकृतिहरु हटाउनका लागि फिल्टर गर्न जोड दिए राम्रो हुन्छ ।’

उहाँले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताउनुभयो । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।