१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्षेप्यास्त्र सन्धिबाट एका एक यि दुई शक्तिशालि देश बाहिरिए

क्षेप्यास्त्र सन्धिबाट एका एक यि दुई शक्तिशालि देश बाहिरिए
अ अ+ अ-

काठमाडौं । रूसले शनिवार मध्यम दूरीको आणविक क्षेप्यास्त्र सन्धि (आईएनएफ) बाट बाहिरिएको घोषणा गरेको छ। अमेरिका उक्त सन्धिबाट पछि हटेको भोलिपल्टै रूसले यस्तो घोषणा गरेको हो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन्धिबाट पछि हटेsको घोषणा गरेका हुन्। शीतयुद्धका बेला हतियारको होडबाजीबाट विश्व असुरक्षित हुने भन्दै दुवै देशले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए।

पुटिनले सन् १९८७ माच सम्पन्न ‘मध्यम दूरीको मारक क्षमतावाला परमाणु बल सन्धिबारे टिप्पणी गर्दै भने, ‘सन्धिको एक पक्ष अमेरिका सम्झौताबाट पछि हट्ने घोषणा गरेकाले हामी पनि सन्धिबाट पछि हटेका छौं।’

पुटिनले विदेशमन्त्री सर्गेई लाभरोभ एवं रक्षामन्त्री सर्गेई शोइगुसँगको बैठकमा अब रूसले निस्त्रीकरणबारे अमेरिकासँग कुनै वार्ता नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रपति पुटिनले भने, ‘सन्धिका हाम्रा साझेदारले यस विषयमा समान र सार्थक वार्ता गर्न परिपक्व नभएसम्म हामी पर्खेर बस्नेछौं।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो देशले उक्त सन्धि पालना नगर्ने घोषणा गरेका थिए। आईएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी ६ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पष्ट पारेका छन्।

शनिबारदेखि लागू हुने गरी अमेरिकाले सन्धिका शर्त र नियम नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने घोषणा गरेको हो।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले उक्त सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ। नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेटोमा संलग्न अमेरिका सहयोगी राष्ट्रहरूले आईएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछन्।’

सन्धिबाट फिर्ता हुने अमेरिकी निर्णय बेठीक भएको चीनले जनाएको छ। शनिबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले भने, ‘अमेरिकाद्वारा आईएनएफ सन्धिबाट फिर्ता हुने निर्णयप्रति चीनले असहमति जनाएको छ। अमेरिका र रूसले यसबारे देखिएका आफ्ना भिन्नतालाई रचनात्मक वार्ताका माध्यमबाट सही तरिकाले समाधान गर्नुपर्छ।’

एकतर्फी रूपमा अमेरिकाले गरेको यो निर्णयले शृंखलाबद्ध रूपमा नकारात्मक नतिजा निम्त्याउने सम्भावना रहेको बताउँदै चीनले यसबाट विकसित घटनाक्रमलाई सावधानीपूर्वक पछ्याउने उनले बताए।

रूसले उक्त सन्धिको उल्लंघन गरेको ट्रम्पले आरोप लगाएका थिए। रूसले आफूले सन्धि पालना गर्दै आएको बताएको थियो।

गत महिना रूसले विवादित हतियार प्रणालीका बारेमा जानकारी दिन सञ्चारकर्मी र विदेशी सैन्य अधिकारीलाई आमन्त्रण गरेको थियो। क्षेप्यास्त्र सन्धि नमानी अमेरिकाले हतियार विकसित गरेमा रूसले पनि हतियार विकास गर्ने चेतावनी दिँदै आएका थिए।

क्षेप्यास्त्र सन्धि उल्लंघन गरेपछि अमेरिकाले यूरोपमा क्षेप्यास्त्र विकास र तैनाथ गर्ने बताउँदै रूस त्यसको जवाफ दिन बाध्य हुने पुटिनले धम्की दिएका छन्। कुनै पनि यूरोपेली देशले अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्न अनुमति दिएमा रूसी आक्रमण सहनुपर्ने धम्की दिएका छन्।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाच्योभले शीतयुद्ध समाप्तिका लागि उक्त सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ५ हजार ५ सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो।

सन्धिले अमेरिका र उसका मित्रशक्तिमाथि सोभियत संघबाट हुने परमाणु आक्रमणको खतरा अन्त्य भएको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।