२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

माडीको पानी दाङ पुर्याउने सभामुख महराको सपना, मेलम्ची जस्तै नहोस



अ+ अ-

काठमाडौं । संघीय संसदमा सभामुख कृष्णबहादुर महराले दाङको सिचाईंका लागि माडीको पानी ल्याउने बताएका छन्। रोल्पाको माडी नदीको पानी डाइभर्सन गरेर दाङ ल्याउनका लागि यही वर्षदेखि नै काम सुरु गर्न लागेको महराको भनाइ छ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारणसभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै सभामुख महराले त्यस्तो बताएका हुन। उनले माडीको पानी दाङमा ल्याउने तयारी भएकाले त्यो अनुसार सरोकार समिति गठन गरेर अघि बढन समेत जिल्लाबासीलाई आग्रह गरे।

दाङमा पानीको श्रोत सुक्दै गएको अवस्थामा सभामुख महराले चर्चामा रहेको माडी डाइभर्सनको काम यही वर्षदेखि गर्ने गरी तयारीको काम अघि बढेको जानकारी दिएका हुन्।

सभामुख महराले प्राकृतिक श्रोतको सही सदुपयोग गर्न नसक्दा दाङबासीले दुःख भोगिरहेको बताए।

दक्षिणतिरको श्रोत उत्तरतिर ल्याउन निकै खर्चिलो रहेको बताउँदै सभामुख महराले उत्तरतिरको श्रोतको संरक्षणमा चनाखो हुन सबैलाई आग्रह गरे।

सस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले पानीका मुहान संरक्षणका लागि मानवीय क्रियाकलापमा विषेश ध्यान दिन आवश्यक रहेको बताए। समाचार अन्नपूर्ण पोष्टमा छ ।