१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

महिनावारी हुँदा छात्रालाई राहत, प्याडसहितको छुट्टै शौचालय निर्माण

महिनावारी हुँदा छात्रालाई राहत, प्याडसहितको छुट्टै शौचालय निर्माण
अ अ+ अ-

काठमाडौं । देशभरका सबै विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बनाइने भएको छ । अधिकांश विद्यालयमा स्यानिटरी प्याडसहितको शौचालय नहुँदा महिनावारीको समयमा बालिका र शिक्षिकाहरूलाई विद्यालय समयमा अप्ठ्यारो हुने गरेको छ । शिक्षा विभागको तथ्यांकअनुसार हाल देशभर ३५ हजार ६०१ विद्यालय रहेका छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको प्रतिवेदनमा महिनावारी तथा छाउपडी प्रथाजस्ता कारणले हुने छात्रा अनुपस्थितिलाई घटाउन स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाइन लागेको हो ।
महिनावारीका कारण विद्यालयमा अध्ययनरत छात्राको विद्यालय छाड्ने दर वृद्धि भएको र उनीहरूको सिकाइस्तर पनि खस्किँदै गएको देखिएको भन्दै प्रत्येक विद्यालयमा स्यानिटरी प्याडसहितको अलग शौचालय बाध्यकारी बनाउन प्रस्ताव गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
महिनावारी भएको समयमा विद्यालय आउँदा घरबाट आफैंले ल्याएको प्याड कहिलेकाहीँ सकिने र विद्यालयमा प्याडको व्यवस्था नहुँदा अप्ठ्यारो हुने गरेको छात्राहरूको गुनासो छ । देशभरका अधिकांश विद्यालयमा छात्राका लागि उचित व्यवस्था नगरिँदा उनीहरू विभिन्न समस्यामा पर्ने गरेका छन् ।

काठमाडौं स्थित एक निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा बिनिता शाहीले भनिन्, ‘हाम्रो विद्यालयको शौचालयमा अनावश्यक कागज नफाल्नुहोला लेखेको छ । महिनावारी हुँदा समस्या हुन्छ ।’

काठमाडौंको एक निजी विद्यालयमा पढाउने शिक्षिका आकृति रिजाल भन्छिन्, ‘महिनावारीको समस्याले गर्दा छात्रा विद्यालयमा टोलाएर बसेका हुन्छन् । उनीहरू लाज मान्छन् । अब यो विषयलाई उजागर गर्नुपर्छ जस्तो लाग्छ ।’ स्यानिटरी प्याड उपलब्ध गराउन विद्यालय व्यवस्थापन समितिसमक्ष समेत कुरा राखे पनि वास्ता नगरेको फुयालले बताइन् ।

तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारीका अनुसार प्रतिवेदनले समेटेका सबै विषय संघीय शिक्षा ऐन बनिसकेलगत्तै कार्यान्वयनको चरणमा आउनेछन् ।

महिनावारी हुँदा मर्यादापूर्वक जिउन पाउनुपर्ने मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले बताइन् । उनले भनिन्, ‘सरकारले अहिलेसम्म महिनावारीका सन्दर्भमा कुनै कदम चालेको देखिँदैन । र, सरकारको लगानीमा स्यानिटरी प्याडसमेत उत्पादन नभएको अवस्था छ ।’ राजधानी दैनिकमा खबर छ ।