२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षण अभावमा ताल जीर्ण



अ+ अ-

धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विमला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सन् १९५८ भन्दा अघि नै उक्त तालमा पहाडमा खरखराई कटान जङ्गलमा घाँस दाउरा गर्न गएका बेला मानिसले पानी खाना जाँदा त्यहाँ दानवहरुको समेत बस्ती रहेका कारण दानुवा ताल नामाकरण भएको थारू पुर्खाहरुको भनाइ छ ।

सो तालमा बाहै्र महीना अहिले पनि पानी जमिरहेको हुन्छ । निकुञ्जभित्रको जङ्गलमा रहेको दानुवा तालमा जङ्गली जनावरसमेतले पानी खाने गरेका छन् । तालको संरक्षण नहुँदा वरिपरि झार उम्रिएको छ । पानी परेपछि चुरे पहाडबाट झरेको सबै पानी सोही तालमा जम्मा हुन्छ ।

सुनसान र घनघोर जङ्गलमा आकाशमा चीरवीर चराहरुको मात्रै आवाज आउँछ, जङ्गली जनावर मात्रै यो ताल वरिपरि देखिन्छन् । यो ताल वरिपरि मान्छे कोही नजिक पर्दैनन्, जाँदा पनि डराइडराइ हेर्न जान्छन् । ताल कहिलेदेखि बनेको हो आधिकारिक कसैलाई थाहा छैन । बर्दियाको सम्पत्तिको रुपमा रहेको यो दानुवा ताललाई राज्यले संरक्षण गर्नुपर्ने ठाकुरबाबा नगरपालिका स्थानीयवासीको भनाइ रहेको छ ।