२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षण अभावमा ताल जीर्ण



अ+ अ-

धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको दानुवा ताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विमला चौधरीले बताउनुभयो ।

उहाँका अनुसार सन् १९५८ भन्दा अघि नै उक्त तालमा पहाडमा खरखराई कटान जङ्गलमा घाँस दाउरा गर्न गएका बेला मानिसले पानी खाना जाँदा त्यहाँ दानवहरुको समेत बस्ती रहेका कारण दानुवा ताल नामाकरण भएको थारू पुर्खाहरुको भनाइ छ ।

सो तालमा बाहै्र महीना अहिले पनि पानी जमिरहेको हुन्छ । निकुञ्जभित्रको जङ्गलमा रहेको दानुवा तालमा जङ्गली जनावरसमेतले पानी खाने गरेका छन् । तालको संरक्षण नहुँदा वरिपरि झार उम्रिएको छ । पानी परेपछि चुरे पहाडबाट झरेको सबै पानी सोही तालमा जम्मा हुन्छ ।

सुनसान र घनघोर जङ्गलमा आकाशमा चीरवीर चराहरुको मात्रै आवाज आउँछ, जङ्गली जनावर मात्रै यो ताल वरिपरि देखिन्छन् । यो ताल वरिपरि मान्छे कोही नजिक पर्दैनन्, जाँदा पनि डराइडराइ हेर्न जान्छन् । ताल कहिलेदेखि बनेको हो आधिकारिक कसैलाई थाहा छैन । बर्दियाको सम्पत्तिको रुपमा रहेको यो दानुवा ताललाई राज्यले संरक्षण गर्नुपर्ने ठाकुरबाबा नगरपालिका स्थानीयवासीको भनाइ रहेको छ ।