३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

राजधानीमा ‘चरा सम्मेलन’, हेर्न जाने होईन त ?

राजधानीमा ‘चरा सम्मेलन’, हेर्न जाने होईन त ?
अ+ अ-

काठमाडौंँ । दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?”

मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई रु हाम्रा एक राजा रहेछन् नी 1”

सुगाले आश्चर्य प्रकट गर्यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो । उपस्थित चराले सामूहिक स्वरमा उल्याए । “कति राजा देखियो, कति राजा भोगियो, फेरि अर्को राजा किन चाहियो ?” “हे बुद्धि उडेका चराहरू, मेरो कुरा राम्ररी सुन, प्रभुको नाम हो सिमोर्घ, हो, चराको अश्लील महाराजा उनै हो । उनलाई भेट्न जाने आँट पनि मुटु भएकाले मात्रै गर्छ ।” फाप्रेको कुरा सुनेर फेरि चराहरूले सोधे, “के सिमोर्घ साँच्चै छन् त ?”

फाप्रे, “छन् ।”

कतिपय चराहरूले राजा भेट्ने मोह जगाए भने केहीले शङ्का व्यक्त गरे । ऐसआराम नपाउने भन्दै कालिज र राजहाँसले यात्रामा नजाने निधो सुनाए । यसरी भेला हुनेमा सुगा, ढुकुर, कोइली, भङ्गेरा, हाँस, कालिज मयुर, बाज, उल्लुलगायत थरी–थरीका चरा थिए ।

चराहरूको नेता बनेको टाठोबाठो चरो फाप्रेले अन्य चराहरूलाई उक्साउँदै राजा खोज्न प्रेरित गरिनै रह्यो । बाँकी चरालाई विभिन्न कथा र फुँदा गाँसेर फाप्रेले सिमोर्घ खोज्न लग्यो । उतार चढावले यात्र निक्कै कठीन बन्यो । यात्राका क्रममा उनीहरूले मरुभूमि, प्रेम, बुझाइ, विश्मय, विनाश, एकता र मृत्युको उपत्यका पार गर्नुपर्ने भयो ।

फाप्रेले बेलाबेलामा कथा सुनाउँदै थकित चरालाई हौस्याउँदै लान्थ्यो । उड्न नसक्ने अवस्थामा पुगेका चराहरूलाई उसले कथा सुनाउँदै अगाडि बढाउँथ्यो । नमान्ने चराहरूलाई फेरि जोसिला कथाले पगाल्थ्यो ।

सिमोर्घलाई एकताको प्रतीकको रूपमा परिभाषित गर्दै फाप्रेले उसको एउटा सुन्दर प्वाँख देखाएर पहिले नै मुग्ध पारिसकेको थियो । फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँदै चराहरूलाई सहभागी गराउँथ्यो । दुःखकष्ट झेल्दै चराहरू यात्रामा दौडिरहे ।

अन्ततः काफ प्रदेशमा उनीहरूले सिमोर्घ भेट्छन् । त्यो सिमोर्घ अरु कोही नभएर उनीहरू आफैँ भएको रहस्य खुल्छ । यात्राका क्रममा महात्मा, बूढो मानिस, मगन्ते, बटुवा, राजा र चोरसँगका उपकथाले नाटकलाई जीवन्त पारेको थियो ।

अन्ततः हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरु गरिएको छ ।

पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्या­क्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ । बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो ।

नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन ।

कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् ।