• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

डिजिटल घरधुरी सर्वेक्षण गरिँदै



भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले बहुउपयोगी डिजिटल प्रविधिमा आधारित नक्साङ्कन एवं घरधुरी सर्वेक्षण गर्ने भएको छ ।


नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण घर, सम्पदा, मठ, मन्दिर, खुला क्षेत्र, बस्ती, सडकलगायत नगरको सचित्र आउने गरी नक्साङ्कन गरिने भएको हो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यही माघ २६ गते नगरपालिका क्षेत्रको पुरानो र परम्परागत बस्तीका रुपमा रहेको बालकुमारी, चपाचो, नगदेश र बोडेमा नक्साङ्कनमा लागि ड्रोन क्यामरा उडाइने बताउनुभयो ।

“घर नम्बरिङको बेस म्याप बनिसक्यो, हामी थ्रि डि नक्साङ्कनमा जाने योजनामा छौँ” उहाँले भन्नुभयो, “नगरपालिकाबाट नगर क्षेत्रको सबै घरसहितको सम्पूर्ण संरचना हेर्न सकिने गरी नक्साङ्कन गरी हाउस नम्बरिङमा समेत जाने छौ ।” उहाँले मध्यपुरथिमिको परम्परागत नाम र पहिचानलाई मेटिने गरी टोलको जथाभावी नामाकरण हुन थालेकोमा आपत्ति जनाउँदै त्यसलाई समेत व्यवस्थित गरिने र परम्परागत नाम एवं पहिचानलाई कायम गरेर नामाकरण गरिने बताउनुभयो ।

टोलको नामाकरणको सन्दर्भमा वडाबाट सिफारिस सङ्कलन गरी टोल, सडक लगायतको नगरसभाबाटै पारित गरेर स्थायी रुपमा नामाकरण गरिने उल्लेख गर्दै उहाँले नयाँ बस्तीले राखेको टोलको नाममा समेत पुरानो नामलाई समेटेर लैजाने बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले नगरपालिकाले हरेक नागरिकको वासस्थान र नागरिक चिन्न सकियोस्, प्रत्येक व्यक्तिको घर, नगर भित्रका सम्पूर्ण संरचना, सडक, मठ मन्दिर नगरपालिकाबाटै हेर्न सकियोस्, नागरिकले नक्सा पास गरेको छ कि छैन, कर तिरेको छ कि छैन, नगरपालिकाबाटै सबै देख्न सकिने गरी नक्साङ्कन गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र वितरण कार्यमा स्थानीय तहले पनि यसलाई लागू गरेपछि एउटा व्यक्तिको घर कति ठाउँमा छ, जग्गा जमीन कहाँ कहाँ छ, भन्ने व्यक्तिगत तथ्याङ्क समेत हेर्न मिल्ने गरी सिस्टम बनाएर लैजान खोजिएको हो, यसले नगरको समग्र विकासमा टेवा पुग्छ ।”

उहाँले नक्साङ्कन र सर्वेक्षणले नयाँ जन्मेदेखि मृत्यु भएकासम्मको तथ्याङ्क तत्काल राख्न सकिने, कुन टोलमा कति घर छ, कति जनसङ्ख्या छ, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यको अवस्था कस्तो छ भन्ने सहजै जानकारी लिन सकिने गरी तयारी भएको बताउनुभयो ।

नक्साङ्कन तथा सर्वेक्षण सकिएपछि नगरपालिकाको पहिचान झल्किने गरी नागरिकलाई परिचय पत्र प्रदान गरिने र नगरपालिकाको कुनै सूचना प्रवाह गर्नुपरे सबै नागरिकसम्म एकै पटक पुग्ने गरी डिजिटल प्रविधिबाट सूचना प्रवाहको व्यवस्थापन गरिने ज्ञवालीले बताउनुभयो । आगामी आव। ०७५/७६ को छ महीनाभित्र कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको उहाँको भनाइ छ ।

डोलेश्वरमा नयाँ कार्यसमिति

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा बालहरि चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । समितिको शनिबार शुरु भएको दशौं वार्षिक साधारणसभाले निर्वाचनको नतिजासहित आज १७ जनाको नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर खाइतु, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलीप केसी निर्वाचित हुनुभएको छ । सदस्यका कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, विनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदारप्रसाद उपाध्याय र दीपक बस्नेत निर्वाचित हुनुभएको छ ।