• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

अविवाहित युवतीद्वारा शिशुलाई जन्म, बाबु बेपत्ता



फिक्कल । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ