७ पुष २०८२, सोमबार
,
Latest
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अवस्थाको ख्याल गर्न प्रधानमन्त्रीको आग्रह



अ+ अ-

खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ ।

खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदर्शनकारीको आवाज अवश्य सुन्नु पर्दछ र सम्मान गर्नुपर्दछ तर देशको आर्थिक अवस्था के छ त्यो पनि हेर्नुपर्छ ।”

आन्दोलनकारीहरुले तर्कपूर्ण मागहरु पनि उठाएको बताउदै उहाँले ती मागहरुलाई सरकारले खुल्ला हृदयले पुरागर्ने तर्फ लाग्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
उहाँले मुलुकको आर्थिक समस्यालाई पनि सँगसगै मिलेर समाधान गर्ने सरकारको चाहना रहेको उल्लेख गर्नुभयो । देशका आर्थिक समस्या जारी नै रहेको भन्दै ती मुद्दाको समाधान मिलेरै गर्ने पक्षमा सरकार रहेको पनि बताउनुभयो ।
“यो कुरा सत्य हो की यहाँ धेरै आर्थिक समस्याहरु छन्, त्यसलाई समाधान गर्ने कार्य भइरहेको छ,” उहाँले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

गत वर्षको डिसेम्बर १९ देखि राजधानी खार्तुमसहित सुडानका विभिन्न ठाउँमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् । जसका कारणले देशमा आर्थिक अवस्थामा ह्रास आइरहेको समाचारमा जनाइएको छ ।
मुल्यबृद्धिका विरुद्धमा सरकारका विरुद्ध विपक्षीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन विगत लामो समयदेखि जारी नै रहेको छ । प्रदर्शनका क्रममा अहिले सम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

निकै लामो समयको यो प्रदर्शनका कारण अरु कैयौँ घाइते भएको समाचारमा जनाइएको छ । त्यसैगरी यस आन्दोलनका कारण नागरिकका आधारभूत खाद्य लगायतका वस्तुहरुको पनि मूल्य बृद्धि भएको छ ।