२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पूर्वमा कफ्यू, कारण यस्तो



अ+ अ-

काठमाडौं । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेको छ।

जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६)को उपदफा (३) अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

के हो विवाद ?
रुकुमपूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विषयको विवाद चर्किदै जाँदा रुकुमपूर्व केही दिनयता अशान्त छ।

सरकारले रुकुम जिल्लालाई विभाजन गर्दा रुकुमपूर्वको अस्थायी सदरमुकाम रुकुमकोट तोकिएको थियो। तत्कालिन शेरबहादुर देउवा सरकारले एक वर्षअघि पुथाउत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई राजधानी बनाउने निर्णय गरेपछि विवाद उब्जिएको हो।

२०७४ माघ ११ गते देउवा सरकारले राजधानी सार्ने निर्णय गरेपछि माघ १७ गते सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट दायर भएको थियो। माघ १८ गते मन्त्रिपरिषदको निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्यो।

रुकुमकोट र गोल्खाडाका स्थानीयले आआफ्नो क्षेत्रमा सदरमुकाम हुनुपर्छ माग गर्दै आन्दोलन गरिरहे। उता सर्वोच्च अदालतमा लागातार मुद्दाको पेशी सर्दै गयो। माघ २७ गतेका लागि यही विषयमा सर्वोच्चले १७ औं पटक पेशी तोकेको छ। यो पेशी अन्तिम हुनसक्ने अनुमान गर्दै माघ १४ गतेदेखि रुकुमकोटमा प्रदर्शन जारी छ।

रुकुमकोटमा प्रदर्शन चर्किदै जाँदा गोल्खाडाका स्थानीयले माघ २२ गते रुकुमकोटमै प्रदर्शन गर्ने घोषणा गरे। सांगीतिक कार्यक्रमसहित प्रदर्शनको तयारी हुँदै गर्दा विवाद बढ्दै गयो।

प्रशासनको अनुरोध र रुकुमकोटबासीको चेतावनीबीच केही युवाबीच विवाद हुँदा गोल्खाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिका संयोजक केशरमान रोकासहित तीनजनामाथि रुकुमकोटका स्थानीयले आक्रमण गरे।

कांग्रेसका रुकुम पूर्वका सभापति तथा पूर्वमन्त्री केशरमान र घाइते भएका नेकपाका नेता सतमान पुनको अहिले काठमाडौंमा उपचार भइरहेको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।