५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पूर्वमा कफ्यू, कारण यस्तो



अ+ अ-

काठमाडौं । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेको छ।

जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६)को उपदफा (३) अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

के हो विवाद ?
रुकुमपूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विषयको विवाद चर्किदै जाँदा रुकुमपूर्व केही दिनयता अशान्त छ।

सरकारले रुकुम जिल्लालाई विभाजन गर्दा रुकुमपूर्वको अस्थायी सदरमुकाम रुकुमकोट तोकिएको थियो। तत्कालिन शेरबहादुर देउवा सरकारले एक वर्षअघि पुथाउत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई राजधानी बनाउने निर्णय गरेपछि विवाद उब्जिएको हो।

२०७४ माघ ११ गते देउवा सरकारले राजधानी सार्ने निर्णय गरेपछि माघ १७ गते सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट दायर भएको थियो। माघ १८ गते मन्त्रिपरिषदको निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्यो।

रुकुमकोट र गोल्खाडाका स्थानीयले आआफ्नो क्षेत्रमा सदरमुकाम हुनुपर्छ माग गर्दै आन्दोलन गरिरहे। उता सर्वोच्च अदालतमा लागातार मुद्दाको पेशी सर्दै गयो। माघ २७ गतेका लागि यही विषयमा सर्वोच्चले १७ औं पटक पेशी तोकेको छ। यो पेशी अन्तिम हुनसक्ने अनुमान गर्दै माघ १४ गतेदेखि रुकुमकोटमा प्रदर्शन जारी छ।

रुकुमकोटमा प्रदर्शन चर्किदै जाँदा गोल्खाडाका स्थानीयले माघ २२ गते रुकुमकोटमै प्रदर्शन गर्ने घोषणा गरे। सांगीतिक कार्यक्रमसहित प्रदर्शनको तयारी हुँदै गर्दा विवाद बढ्दै गयो।

प्रशासनको अनुरोध र रुकुमकोटबासीको चेतावनीबीच केही युवाबीच विवाद हुँदा गोल्खाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिका संयोजक केशरमान रोकासहित तीनजनामाथि रुकुमकोटका स्थानीयले आक्रमण गरे।

कांग्रेसका रुकुम पूर्वका सभापति तथा पूर्वमन्त्री केशरमान र घाइते भएका नेकपाका नेता सतमान पुनको अहिले काठमाडौंमा उपचार भइरहेको छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।