१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : युनाइटेड र सिटी विजयी, आर्सनल पराजित



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गोल गरे । आर्सनलका लागि लौरेन्ट कोसील्नीले एक गोल फर्काए पनि सिटीलाई रोक्न भने सकेनन् ।

अग्युरोले खेलको पहिलो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । तर खेलको ११ औं मिनेटमा आर्सनलका लौरेन्टले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ४४ औं मिनेटमा अग्युरोले अर्को गोल गर्दै सिटीलाई पुनः २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा आर्सनलले भने कुनै गोल गर्न सकेन । ६१ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका थिए ।

त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

जितपछि म्यान्चेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक बनाएको छ । आर्सनल भने २५ खेलबाट ४७ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेकमो लिभरपुलको ६१ अंक छ ।