१४ भाद्र २०८३, आईतवार
,
Latest
मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीको चीन भ्रमणको बेला पारवहन प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको बेला नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी दुई महिनापछि चीन जाने तयारी छ । त्यही बेला नेपाल र चीन पारवहन सम्झौता कार्यान्वयनका लागि बनेको ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने योजना बनाइएको वाणिज्य मन्त्रालय स्रोतले बताएको छ ।

प्रोटोकलमा हस्ताक्षर भए चीनले नेपाललाई चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ ।

हाललाई नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने सहमति भएको छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुनेछ ।

नेपालले हाल भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । चीनसँग सम्झौतापछि नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच प्राप्त गर्नेछ ।