१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक : भेनेजुएलाको विषयमा गलत प्रचार गरियो



अ+ अ-

काठमाडौं । सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ ।

बैठकमा भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेपबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका विज्ञाप्तिमाथि केन्द्रित रहेको थियो । बैठकमा भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको बताएको छ ।

भेनेजुएलाको विषयमा नेकपाको अडान यथावत, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले भने कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र त्यहाँ समस्या पैदा भएमा सम्बन्धित देशको जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’ हामी कुनै पनि देशको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपलाई स्वीकार्दैनौँ ।’श्रेष्ठले भने