२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पदाधिकारी निर्वाचनमा कसले कति मत ल्याए ?



अ+ अ-

चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको छ । 

मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए भने अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति भएका घनश्याम भुसालले ७२५ मत ल्याए ।

यस्तै, सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले सर्वाधिक १९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याए भने भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत ल्याउँदै पराजित हुन पुगे ।