२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डप फनपार्क भाडा विवाद, अख्तियारव्दारा ३२ कराेड हिनामिना आराेपमा पूर्वमन्त्री बद्री न्याैपाने समेत विरूद्ध मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत कार्य गरेकाे अाराेपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्री प्रसाद न्यौपाने समेत विरूद्ध रू. ३१ कराेड ५२ लाख विगाे मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

साथै, समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्‍ज बिहारी प्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मोहनराज शर्मा, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मदन कुमार लाल कर्ण, समाज कल्याण परिषद्का तत्कालिन सदस्य-सचिव ई. रविन्द्र कुमार तथा ठेकेदार रविन्द्र गुरुङ्ग विरूद्ध पनि साेही बराबरकाे बिगाे दाबी गरिएकाे अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयाे ।

परिषदकाे मिति २०६९/५/२० को कार्य संचालन समितिको वैठकले रविन्द्र गुरुङ्गलाई तिरिरहेको रकमलाई वृद्धि गरी मासिक रु.५ लाख ५५ हजार (सम्पूर्ण कर सहित) तथा समयावधिलाई बढाई १५ वर्षको लागी फनपार्क मेला संचालन गर्न ठेक्कामा दिने निर्णय गरेको थियाे ।

अायाेगले कारण र प्रमाणहरुको विश्लेषण तथा अध्ययन प्रतिवेदनबाट फनपार्कलाई अनियमित रुपले भाडामा लगाउने निर्णय तथा गलत कामकारवाही प्रकृयामा सँलग्न व्यक्तिहरुले व्यवसायिक र व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण राजधानीको केन्द्रविन्दुको रुपमा रहेको भृकुटीमण्डपस्थित फनपार्कको जग्गालाई वदनियतपूर्ण तरिकाले मिति २०६०/०५/२० गतेको निर्णयले प्रतिमहिना प्रतिरोपनी जम्मा मासिक रु.९,२५०।–रकममा भाडामा लगाएको देखिन आई निजहरुको वदनियतपूर्णरुपले गरेको गलत कामकारवाहीबाट परिषदलाई हालसम्म रु. ३१ कराेड ५२ लाख १७ हजार ६७५ हानिनोक्सानी भएको जनाएकाे छ ।

अायाेगबाट अभियुक्त ठहराइका व्यक्ति र उनीहरूमाथिकाे बिगाे दाबीः