७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व अनुसन्धान विभागद्वारा हुण्डी काराेबारी रामेश्वर साह समेत विरूद्ध ४ अर्ब बढीकाे बिगाे सहित अदालतमा मुद्दा दायर



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले विदेशी विनिमय नियमन गर्ने कानुन उल्लंघनकाे अाराेपमा रामेश्वर पुर्वे भन्ने रामेश्वर साह समेत अाठ जना विरूद्ध धनुषा जिल्ला अदालतमा साेमबार चार अर्ब बढीकाे बिगाे दाबी सहित मुद्दा दर्ता गरेकाे छ ।

विभागका अनुसार, रामेश्वर साह, निजकी श्रीमती मिनादेवी साह र पक्राउ परेकाहरू विजय यादव, मोख्तर अहमद, सन्त्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दास समेतले आपसी मिलेमतो गरी ह्वाट्स्एप एप्लिकेशनको माध्यमबाट परस्पर हुण्डी कारोबार विवरणहरू सांकेतिक शब्द र चिन्हहरू प्रयाेग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदान प्रदान गरी विदेशी मुद्रा र नेपाली रुपैयाँ हुण्डीको माध्यमबाट ठूलो परिमाणमा अवैध रुपमा अन्तरदेशीय कारोबार समेत गरेका थिए ।

कारोबार भएको अनुसन्धानको क्रममा संकलित भाैचर तथा खातावहीबाट देखिएको रु. ४ अर्ब १५ कराेड ४९ लाख ५२ हजार २५१ का साथै रामेश्वर साहको घरबाट बरामद भएको ने.रु. ८३ लाख ६९ हजार २५०।- तथा भा.रु. ६ हजार ५०० को नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरले हिसाव गर्दा हुने ने.रु. १० हजार ४०९ समेत गर्दा हुने कूल ४ अर्ब १६ कराेड ३३ लाख ३१ हजार ९१० बराबरको रकम गैरकानुनी रुपमा अन्तरदेशीय कारोवार हुण्डी गरेको पुष्टी भएकाे पनि विभागले जनाएकाे छ ।

निजहरूबाट बरामद भएकाे ८३ लाख ६९ हजार जफत गर्ने, कानुन बमाेजिम असुल गर्नुपर्ने बिगाे रू. ४ अर्ब १६ कराेड ३३ लाख ३१ हजार तथा हदैसम्म सजाय माग दाबी जनही करिब रू. १२ अर्ब ५० कराेड तथा ती वर्षसम्म कैद सजाय माग गरी धनुषा जिल्ला अदालतमा मु्द्दा दायर गरिएकाे विभागले जनाएकाे छ ।