५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र राजमार्ग नै व्यक्तिको नाममा पास भएको खुलासा



अ+ अ-

काठमाडौं । ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । समाचार नेपाल समाचार पत्रमा छ ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसंग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।
चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको अधिकास भुभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले ब्यक्तिसंग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ । पूर्व पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको जंगलछेउदेखि चा“दिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकास सडकको भाग घडेरीको रुपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो । किताकाट नगरिकनै पठाउनु भनेको रजिष्टे«शन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ ।

अन्तर्राष्ट्रिय मार्गको रुपमा परिचित लोकमार्गलाई भूमाफियाको मिलेमतोमा सडक बिभागले तोकेको मापदण्डबिपरित ब्यक्तिको नाममा पास गराउन सहयोग गर्नु आपतीको बिषय रहेको नागरिक समाजका अगुवाले बताउने गरेका छन ।

सडकको क्षेत्रफलको किताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएकोले सम्सी किता पास गर्ने गरेको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजयकुमार साहले बताउनुभयो । नापी कार्यालयको कित्ताकाटका आधारमा मालपोत कार्यालय बाट रजिष्ट्रेसन पास हुदै आएको छ । सडकको जमिनसमेत पास गरेको बिषयमा नापी र मालपोत कार्यालयले एक अर्का लाई दोष देखाउने गरेका छन ।

ब्यक्तिको नाममा राजमार्गनै पास हुन थालेपछि डिभिजन सडक कार्यालय रौतहटले पूर्वको बा“के जंगल र पश्चिममा धन्सार सम्मको राजमार्गको लालपूर्जा मगाएको छ ।

उता चन्द्रनिगाहपुरमा रहेको देब आयल स्टोर्सले २४ धुर जमिन खरिद गरे पनि सडकको १४ धुर समेत पास गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त जमिन बीरंगजका रबि कुमारले बिक्रि गरेका हुन । उनले आफनो नामको जमिन राजमार्गसहित पास गर्न सहयोग गरेका छन ।

सडकको जमिन नक्सामा खुलाइएको छ तर पनि अनधिकृत लाभको भरमा नापी कार्यालयले सडकको किताकाट नगर्ने गरेको खुल्न आएको हो । चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा ०२२ सालमा तत्कालिन राजा महेन्द्र शाहबाट सो सडकको उद्घाटन भएको हो । पुर्ब पश्चिम राजमार्ग झण्डै एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काकडभिटा ९मेची नगर०देखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले ब्यक्तिको नाममा राजमार्गनै पास भएको सुन्दा दिगभ्रमित भएको बताउनुभयो । सडकको नियममा पुर्ब पश्चिम राजमार्ग ३१ मिटर भनिए पनि हाल २५ मिटर कायम गरिएको र बाँकीको ५ मिटरमा घरधनीले कुनै किसिमको संरचना बनाउन नपाउने हो ।